कार्तिक २७, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ
खुशी र उमंगका साथ दिपावली मनाउने क्रममै खोटाङका हलेसीतुवाचुङ नगरपालिका वडा नं. ८ धितुङ बुलागैरीका भिमबहादुर कटवालका परिवार भने घर आगलागी हुँदा बेघर बन्न पुगेका छन् । यमपञ्चकको दोश्रो दिन लक्ष्मी पुजा गर्ने क्रममा विध्युत सर्ट भई उनको घर पूर्ण रुपमा जल्दा कटवाल परिवार बेघर बन्न पुगेका हो ।
दुईतले ढुङ्गा माटोले बनाइएको टिनको छानो भएको कटवालको घरमा आइतवार साँझ लक्ष्मीपुजा गर्ने क्रममा विजुलीको वल्व पड्केर आगो सल्किन गै घरभित्र राखिएको नगद तथा जिन्सि सामाग्रीहरु अन्नपात, गरगहना, लत्ताकपडा सबै जलेर नष्ट हुँदा अन्दाजी रु.२५ लाख वढीको क्षति पुग्न गएको जनाइएको छ ।
प्रहरी तथा स्थानीयको प्रयासमा आगलागी करिव दुईघण्टापछि नियन्त्रणमा आएको थियो ।
हाल निज कटवाल तथा उनको परिवार आफ्नो भाईको घरमा अस्थायी सहारा लिन पुगेकाछन् । स्थानीय जनप्रतिनिधि, छरछिमेकी लगायत सबै जुटेर आजै वेसहारा कटवाल परिवारका लागि अस्थायी आवास बनाउन जुट्ने वडाध्यक्ष टेकराज राईलाई उद्घृत गर्दै जानकारी दिइएको छ ।
यस्तै प्रकृतिको घटना भोजपुरमा पनि घट्न गएको समाचार प्राप्त भएको छ ।
भोजपुर नगरपालिका–८, बरबोटका ज्ञानराज विष्टको घरमा आगलागी हुँदा २६ लाख ५० हजार बराबरको क्षति भएको छ ।
लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर घरमा एक्कासी आगलागी हुँदा घरमा भएको सुनचाँदी, नगद पैसा, अन्नपात लगायत सामग्रीहरु जल्दा सो रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार विष्टले घरमा लक्ष्मी पूजा गरेर स–परिवार छिमेकीकोमा गएको बेला घरमा एक्कसी आगलागी भएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !