बैशाख २२, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङका अग्रज प्रतिष्ठित व्यक्ति डिल्लिबहादुर लयालुको देहान्त भएको छ । दिक्तेल वजारको व्यापारिक व्यावसयिक क्षेत्रको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुराउनुहुने लयालुको ९२ वर्षको उमेरमा शुक्रवार विहान ८ वजे काठमाण्डौँ, काँडाघारीस्थित आफ्नै निवासमा देहान्त भएको हो ।
दिक्तेलवजारको व्यापारिक पिताका रुपमा चिनिनुहुने लयालु विक्रम सम्वत १९९० साल साउन ९ गते पिता स्व सनकप्रसाद.लयालु तथा माता स्वर्गीय ज्ञान थकुको कोखबाट जेष्ठ सुपुत्रका रुपमा ऐसेलुखर्कमा जन्मनुभएको थियो ।
उहाँको विक्रम सम्वत २०१३ सालमा दिक्तेलस्थित सैजुपरिवारकी छोरी मानकुमारी सैँजुसँग वैवाहिक सम्बन्ध स्थापित भएपछि विक्रम सम्बत २०३० सालमा दिक्तेलवजारमा सपरिवार स्थान्तरण हुनुभयो ।
दिक्तेललाई व्यापारिक, व्यवसायिक रुपमा स्थापित गराउन उहाँले ठूलो चुनौतिसँग लड्दै भिड्दै आजिवन योगदान पुराइरहनुभयो । उध्योग वाणिज्य संघको सदस्य बनेर संस्थागत प्रयासलाई पनि उहाँले अगुवाई गर्नुभयो । साथै आफ्ना सन्ततिलाई समेत उध्योग व्यवसायको प्रवर्द्धनमा लाग्न प्रेरित गराउनुभयो । उहाँको माइलो छोरा राजु लयालु उध्योग, व्यापार, व्यवसाय क्षेत्रको प्रमुख संस्था खोटाङ उध्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुको पछाडि निःसन्देह पिताको प्रेरणा रहेको स्पष्ट हुन्छ ।
केही समयदेखि स्वास्थ्य प्रतिकूल बन्दै गएपछि उहाँ काठमाण्डौँ स्थित काँडाघारीमा रहेर डाक्टरको फलोअपमा बस्दै आउनुभएको पारिवारिक श्रोतबाट थाहा भएको छ । ६ वर्ष अगाडि उहाँको हर्नियाको अपरेशन गरिएको थियो । हाल दमको रोगले च्याप्दै लगेपछि घरैमा अक्सिजनको प्रयोग गरिरहनुभएको थियो ।
उहाँको हाल धर्मपत्नि ८६ वर्षीय मानकुमारी लयालुका साथै छोराहरु सुरेश लयालु, राजु लयालु र तोरण लयालु हुनुहुन्छ । साइला छोरा ज्ञानेन्द्र लयालुको २०७२ सालमा निधन भएको थियो । त्यस्तै छोरीहरु सावित्रा, दिपा, तारा र लोमश हुनुहुन्छ ।
उहाँको शुक्रवार काठमाण्डौँ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।