पौष १०, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आगामी फागुन १५, १६ र १७ गते आयोजना गरिन लागिएकोे प्रथम राष्ट्रिय बाँस सम्मेलनका बिषयमा आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ वडा कार्यालय नुनथलामा स्थानीय जनप्रतिनिधि, स्थानियवासी,राजनितिक दलका प्रतिनिधिहरु, शिक्षक लगायत सम्पूर्ण सरोकारवालाहरुसँग नगरप्रमुख तीर्थराज भट्टराईले छलफल गर्नुभएको छ । छलफल कार्यक्रममा वडाध्यक्ष भगेश्वर राईले बाँसको काम गर्ने मुख्यथलो नुनथला रहेको बताउनु हुँदै खेर गईरहेका बाँसलाई मानव जीवन उपयोगी बनाउने लक्ष्यका साथ नगरपालिकाले आयोजना गर्न लागेको प्रथम राष्ट्रिय बाँस सम्मेलन निकै उपलव्धिमूलक रहने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै छलफलका क्रममा अर्का सहभागी स्थानीय जीतबहादुर तामाङले नगरपालिकाले संघ र प्रदेशलार्ई पछाडी पार्दै नेपालमै प्रथम राष्ट्रिय बाँस सम्मेलनको आयोजना गरेकोमा खुसी व्यक्त गर्नु हुँर्दै नुनथला बाँसका सामाग्रीहरु बनाउने कामका लागि प्रख्यात रहेको खुलासा गर्नुभयो ।
अर्का स्थानीय अमर राईले पुराना समयको सम्झना गर्नुहुँदै पिता पुर्खाहरुले बाँसको महत्व त्यहीवेला चाल पाएर यसको विरुवा सेरा साप्सुबाट ल्याएर रोप्नु भएको सुनाउनु भयो । उहाँले अगाडि भन्नुभयो—‘अहिले खोटाङको लागि बाँस सम्मेलन भएको थाहा पाउँदा औधि खुशी लागेको छ । बल्ल हाम्रो चेत खुल्दैछ । यो त हामी गाउँलेका लागि स्वार्णिम अवसर हो नि ।’
डालो नाङलो बिस्थापित हुँदै गैरहेछ अब कसरी पुनःस्थापित गराउँने सोच्ने बेला आएको उहाँले भन्नुभयो । बजार व्यवस्थापन भए पक्कै उत्पादन हुने तर बजारीकरण व्यवस्थापन नगरपालिकाले गर्दिनु पर्ने उहाँको कथन थियो । यस्तै स्थानीय शिक्षक हेमविक्रम राईले प्रथम राष्ट्रिय बाँस सम्मेलन हाम्रो नगरपालिकामा हुनु हामी सबैको गौरवको विषय हो, यसको उपयोगिता लिन सक्नुपर्छ भन्दै बाँस हाम्रो सम्पत्ति हो, बाँस प्रवर्द्धन र विस्तारका साथै यसलाई व्यवसायिक उध्योगको रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो ।
अर्का शिक्षक मणि तामाङले नगरप्रमुख तीर्थराज भट्टराईद्धारा सबैलाई सहकार्यमा लिई राष्ट्रिय बाँस सम्मेलनको आयोजना गर्दै खोटाङमा नयाँ इतिहास रच्दै हुनुहुन्छ, हामी सबैको पूर्ण साथ सहयोग रहनेछ भन्नुभयो । उहाँले प्रदर्शनीमा राखिने बाँसका सामाग्रीहरुका बारेमा सर्वप्रथम वडाले छलफल गरेर तय गर्नुपर्छ भन्नुभयो । उक्त अवसरमा कितावसिं राईले बाँसबाट बनाउनुभएको आकर्षक डालोको पनि उहाँले स्मरण गर्नुभयो ।
वरिष्ठ पत्रकार कृष्ण आचार्यले आफू पनि यसपटक काठमाण्डौामा भएको छलफल र अन्तकृयात्मक कार्यक्रममा सहभागी हुने अवसर पाएको भन्नुहुँदै राष्ट्रिय स्तरमा यो सम्मेलन पहिलो भएको भनाई सबैको भनाई रहेको उहाँले सुनाउनुभयो । बाँस सम्मेलनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई संघ र प्रदेश सरकारले पछ्याउनु परेको अन्तरकृयामा सहभागीहरुले बताइरहँदा आफू पनि नगरवासी हुनुका कारण गर्वानूभूति भएको उहाँको कथन थियो ।
यस्तै अर्का सामाजिक अभियन्ता सूर्यबहादुर राईले बाँस धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्व बोकेको सृष्टिको उपज हो भन्नुहुँदै यो सम्मेलन पनि त्यही कारण ऐतिहासिक हुने बताउनुभयो । यो अवसरमा स्थानीयवासीले आफ्नो सिप, कौशल र मिहिनेत प्रदर्शन गर्न सक्नुपर्छ उहाँले भन्नुभयो ।
उक्त अवसरमा सम्मेलनको उद्देश्य बाँससम्बन्धि विविध सम्भावना, अवसर र चुनौतीहरूको खोजी गर्ने, बाँसको खेतीलाई सुधार र विस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बाँसखेती विस्तार गर्ने, बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवाहरूको प्रदर्शनी गर्ने र यसको सक्दो सदुपयोग गर्नु रहेको दिक्तेल नगरपालिकाका नगरप्रमुख भट्टराईले जानकारी गराउनुभयो ।
[यो पनि-- राष्ट्रिय बाँस सम्मेलनको तयारी स्वरुप दातृसंस्थाका प्रतिनिधिहरुसँग छलफल ]
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !