भदौ २८, २०८० , Sakela Gaupalika
हलेसीन्युजडेस्क, खोटाङ /
धार्मिक तथा पर्यटकीयस्थल धन्नेश्वरी गुफा र गुफा परिसर आमा समूह र स्थानीयहरुको सक्रियतामा बुधबार सरसफाई गरिएको छ । साकेला गाउँपालिकाको वडा नम्बर २ स्थित रतन्छामा रहेको धार्मिक आस्थाको केन्द्रविन्दु र पर्यटकीय दृष्टिले अत्यन्तै सुन्दर मानिने धन्नेश्वरी गुफा सफा गरिएको हो ।
गुफाभित्र र गुफा वरिपरि उम्रिएका झारपातले उक्त स्थान कुरुप बन्दै गएपछि गाउँपालिकाले सञ्चालन गरेको पूर्ण सरसफाई कार्यक्रम र वडा कार्यालयको नेतृत्वमा सरसफाई गरिएको हो । स्थानीय धन्नेश्वरी र लालिगुराँस आमा समूहका सदस्यहरु, निर्वाचित जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीय नागरिकहरुको सक्रियतामा गुफा सम्म पुग्ने बाटो र गुफा परिसर सरसफाई गरिएको हो ।
नेपाली नारीहरुको महान पर्व तिज नजिकिँदै जाँदा सो स्थलको सरसफाई गरिएको २ नम्बर वडाका वडाध्यक्ष जितेन्द्र कुमार राईले बताउनुभयो । तिजमा ब्रत बस्ने नारीहरुले बिहानैदेखि धन्नेश्वरी मन्दिरको पूजा गर्ने र दिनभरी नाचगान गर्ने भएकाले मन्दिरसम्म पुग्ने बाटो र गुफाभित्र पूर्ण रुपमा सरसफाई गरिएको अध्यक्ष राईले बताउनुभयो ।
धार्मिक आस्था तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएको उक्त धन्नेश्वरी गुफा प्रचार–प्रसारको अभावमा ओझेलमा परिरहेको छ । यसको प्रचार–प्रसार गरि विकास गर्न सके साकेला गाउँपालिका आन्तरिक श्रोतमा बलियो हुन सक्ने अनुमान गरिएको छ । ढुङ्गाको कापभित्र अवस्थित गुफाभित्र छिरिसकेपछि ढुङ्गामा थुप्रै ठूलाठूला नाग हिँडेको पाईला देख्न र नागको आकृति अवलोकन गर्न सकिन्छ ।
गुफाभित्रबाट तल र माथि जाने भित्रि सुरुङ पनि रहेको छ, तर उक्त सुरुङ कहाँसम्म पुगेर टुङ्गिन्छ आजसम्म कसैले पनि पत्ता लगाउन सकेको छैन । पूर्वको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल हलेसीमहादेवस्थान पछिको दोश्रो ठूलो गुफा धन्नेश्वरी भएको स्थानीयहरु बताउँछन् । पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको यो स्थान प्रचार–प्रसार अभावमा ओझेलमा परिरहेको बताईन्छ ।
स्थानीय सरकारले यस गुफाको विकासका लागि नयाँ योजना ल्याउन आवश्यक छ । तत्कालका लागि गुफाभित्र विद्युतीय सेवा उपलब्ध गराउन सके पनि सहज रुपमा गुफाको अवलोकन गर्न सकिने स्थानीयहरुको भनाई छ । धन्नेश्वरी गुफामा महाशिवरात्री, रामनवमी, बालाचतुर्दशी, एकादशी, तिज लगायतका पर्वहरुमा मेला लाग्ने गर्छ । स्थानीय तीर्थयात्रीहरुले रामनवमी र बालाचतुर्दशीमा पितृहरुको सम्झनामा उक्त स्थानमा पुगेर सतवीउ,पलवीउ छर्ने चलन रही आएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान