कार्तिक २६, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ५ लफ्याङस्थित श्री माध्यमिक विद्यालय बाँसबोटेको ६४औं बार्षिकोत्सव तथा १३ औँ अक्षयकोष दिवसको उद्घाटन समारोहका अवसरमा विशेष कार्यक्रम गरिएको छ । विध्यालय व्यवस्थापन समितिका अध्यक्ष काजिमान रार्ईको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख सनबहादुर रार्ईको प्रमुख आतिथ्यतामा ६४औँ वार्षिकोत्सव तथा तेह्रौँ अक्षय कोष दिवसका अवसर पारेर आजदेखि कात्तिक २९ गतेसम्म भलिवल प्रतियोगिताका साथै विभिन्न कार्यक्रमको आयोजना भैरहेको बिध्यालय श्रोतले बताएको छ ।
वार्षिकोत्सव उद्घाटन कार्यक्रमका केही झलकहरु
विक्रम सम्वत २०६८ सालमा स्वर्गीय मनमाया राई अक्षय कोष, भूपू विध्यार्थी अक्षय कोष, सेरालुङ्छा अक्षय कोष, स्वर्गीय तुलसा दैवप्रसाद अक्षय कोषको स्थापना गरी शुरु भएको अभियान हाल १२ अक्षय कोषमा पुगेको पूर्व प्रधानाध्यापक तथा शिक्षक जसराज किराँतीले बताउनुभयो । ६४ औँ वार्षिकोत्सवका अवसरमा आज रु. ५१ हजार रकमको चन्दाहँछा इतुख्खारी अक्षय कोष स्थापना गरेपछि अब १२ अक्षय कोष खडा भएको उहाँले बताउनुभयो ।
आजै किरात राई यायोक्खामा स्थापित स्वर्गीय जीवन-युवन राई अक्षय कोषबाट कक्षा ११ मा अध्ययनरतः विध्यार्थीहरु मिना श्रेष्ठ र सिलिमिका राईलाई उत्कृष्ट विध्यार्थी पुरस्कार स्वरुप जनही रु ११÷११ हजार नगद प्रदान गरिएको छ ।
यसैगरी विध्यालयका लागि महत्वपूर्ण योगदान पुराएको भन्दै विध्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्रश्नराज राईलाई सम्मान गरिएको विध्यालय श्रोतले जनाएको छ ।
सोही अवसरमा उत्कृष्ट शिक्षकमा शिवराज रार्ई, उत्कृष्ट कर्मचारीमा लेखापाल गोपाल श्रेष्ठलार्ई जनही रु ५/५ हजार नगदसहित सम्मान प्रदान गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ लफ्याङले वडामा विनियोजित बजेटबाट वडा भरिका सबै आधारभूत विद्यालय र श्री माध्यमिक विद्यालय बाँस्बोटे, लफ्याङमा बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका अध्ययनरत ५११ जना छात्र छात्राहरूलाई न्यानो बिद्यालयको पोशाक निःशुल्क वितरण गरिएको वडा शिक्षा समितिका संयोजक एवं वडा नं. ५ का वडाध्यक्ष दिनेशकुमार घिमिरेले बताउनुभयो ।
६४ औँ वार्षिकोत्सव तथा १३ औँ अक्षय कोष स्थापना दिवसको अवसर पारेर आज शिक्षक र राजनैतिक दलका वीचमा भलिबल खेलको उद्घाटन समेत गरिएको छ । आजबाट शुरु भएको कार्यक्रममा नगरपालिकास्तरीय अन्तर मावि छात्र भलिबल प्रतियोगिताका साथै सेवा क्षेत्रका प्रा.वि. स्तरिय खुल्ला नृत्य प्रतियोगिता एवं अन्य बिविध कार्यक्रम गरी कार्तिक २९ गते समापन गरिने श्री माध्यमिक विद्यालय मझुवा बाँसबोटेका लेखापाल गोपाल श्रेष्ठले हलेसी एफ एमलाइ जानकारी दिनु भएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।