कार्तिक ०९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.७ दोर्पा वडा समितिको आयोजनामा नेपालीहरुको महत्वपूर्ण पर्व दिपावलीको अवसर पारेर शुभकामना आदान प्रदानसँगै हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । वडाध्यक्ष हरिप्रसाद चौलागाईको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ईको प्रमुख आतिथ्यतामा कार्तिक ९ गते शुक्रवार वडा कार्यालयको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुका साथै आयोजकका तर्फबाट सबैलाई दिपावलीको शुभकामना आदान प्रदान गरिएको थियो ।
शुभकामना आदान प्रदानसँगै भएको अन्तरविद्यालय वडा स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सिर्जनशिल बोर्डिङ स्कूल दोर्पा चिउरीडांडा प्रथम, विद्योदय माबि चिउरीडांडा द्वितीय, जालपादेवी आ.वि. तमाहा तृतीय, विद्योदय आ.वि छिताताल चौंथो, जनता मा.वि दुम्ली पाँचौ, बालबालिका आ.बि कर्कले छैटौँ भएका छन् । वडा भित्र रहेका –७ बिध्यालयमध्ये सिंहदेवि आ.वि ढिकुरे अनुपस्थित भएको थियो ।
वडास्तरीय हाजिरी जवाफ प्रतियोगिताका प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्नेहरुलार्ई क्रमश रु १ हजार, ७ सय, ५ सय, र ३ सय प्रदान गरिएको छ ।
कार्यक्रममा संगित तथा कलाकर्मी पदम हिंडमाङ, पूर्व वडाध्यक्ष महन्त राई, पूर्वजनप्रतिनिधिहरु दीपक थापा, कुसुम राई, दिलकुमारी सार्की, तेज बहादुर राईलार्ई फ्रेममा राखेर सम्मान–पत्र प्रदान गरिएको छ ।
यस्तै विव्यास अध्यक्षहरु, स्वयंसेविका, टोल विकास समितिका सदस्यहरु सबैलाई खादा, दोसल्ला ओढाएर सम्मान गरिएको छ । सांगीतिक प्रस्तुति स्थानीय कृष्मा हिङमाङले गर्नु भएको थियो भने पदम हिङमाङले कविता वाचन गर्नु भएको छ ।
वडाध्यक्ष चौलागाईको अध्यक्षतामा प्रमुख अतिथि नगरप्रमुख भटटरार्ईसँगै विशेष अतिथि पूर्व प्रधानपञ्च पिताम्वर आचार्य, विभिन्न विद्यालयका विव्यास अध्यक्षहरु, विध्यालयका प्रधानाध्यापकहरु, टोलविकासका संयोजकहरु, महिला स्वंयसेविकहरु, प्रहरी चौकी इन्चार्ज नवराज कट्वाल, प्रहरी जवान मनोज बुढा, जेष्ठ नागरिक, समाजसेवी, बुद्धिजिविहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
वडा सचिव प्रभुराम कटवालले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।