असार ०२, २०८० , HalesiTuwachung
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको हलेसी तुवाचुङनगरपालिका ४ वडहरेका दुईजना स्वयंसेविकाहरु सम्मानित हुनुभएको छ । वडहरेका साबिक वडा नम्बर ८ बुङदेलकी खड्गमाया अधिकारी र साविक वडा नम्बर ५ बाङ्माकी धनशोभा तामाङले लामो समयसम्म आफ्नो टोलमा स्वयंसेविका भै स्वास्थ्य सेवामा पुर्याउनु भएको योगदानलाई सम्झेर वडा स्वास्थ्य समितिले उहाँहरुलाई सम्मान गरेको हो ।
धनशोभा तामाङले करिव ३२ वर्ष स्वयंसेवा गर्नुभएको छ भने खड्गमायाले २८ वर्ष निरन्तर स्वयंसेवा पुर्याउनु भएको वडाध्यक्ष किशोर बस्नेत बताउनुहुन्छ । शनिवार विहान आफ्नो सामाजिक सञ्जालमा वडाध्यक्ष बस्नेतले उहाँहरुको योगदानको उच्च प्रशंसा गर्दै लेख्नुभएको छ -‘ निःस्वार्थ भावले विना पारिश्रमिक सेवा गर्नु सजिलो भने पक्कै छैन, गाउँमा भिटामिन, पोलियोथोपा, जीवनजल, सिटामोल चाहिदा सम्झिने नाम हो स्वयंसेविका । हरेक क्षेत्रबाट हाम्रो समाजमा सेवा र योगदान गर्नुहुने सबैलाई हामी सम्झिदै जानेछौँ । ’
स्वयेंविका तामाङ र अधिकारीले काम गर्दै जादा ६० बर्ष नाघे पछि हाल उहाँहरु जिम्मेवारीबाट निवृत्त हुनुभएको हो ।
‘सम्मान सबैलार्ई गरौँ, सँस्कृति बचाऔँ’ भन्ने उद्देश्यबाट हलेसी तुवाचुङ नगरपालिका वडा नं.४ बडहरे स्वास्थ्य चौकी सञ्चालन व्यबस्थापन समितिका अध्यक्ष किशार बस्नेतको अध्यक्षतामा शुक्रवार सम्मान कार्यक्रमको आयोजना गरी उहाँहरुलार्ई जनही रु.२० / २० हजारका साथ सम्मान पत्र प्रदान गरिएको वडा स्वास्थ्य चौकीले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्यचौकी बडहरेका व्यवस्थापन समितिका पदाधिकारी, वडाका सम्पूर्ण जनप्रतिनिधिहरु, महिला स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !