आश्विन ०४, २०८० , Diktelrupakotmajhuwagadi
अधिवेशनबाट चन्द्रकला भुजेलको अध्यक्षतामा नयाँ कार्यसमित गठन / रक्तदाता वजिमय सम्मानित
हलेसीन्युजडेस्क, खोटाङ /
वाल सेवा समाज नेपाल, नेर्पाको २४ औँ साधारण सभा तथा वाह्रौँ अधिवेशन सम्पन्न भएको छ । विहीवार सम्पन्न वाहौँ अधिवेशनबाट चन्द्रकला भुजेललाई संस्थाको अध्यक्षमा सर्वसम्मत चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ ।
संस्थाको उपाध्यक्षमा कविराज रिजाल, सचिवमा विष्णु उपरकोटी, उपसचिवमा सन्तोष घिमिरे र कोषाध्यक्षमा मालती राई चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा कञ्चन परियार, अम्विका बस्नेत रिजाल, सुवासचन्द्र आचार्य र चित्रकला भुजेल निर्वाचित हुनुभएको प्रवन्ध निर्देशक युवराज रिजालले जानकारी दिनुभयो ।
अधिवेशनबाट राजकुमार रम्तेलको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समिति सदस्यहरुमा लोकेन्द्र राई, जितलक्ष्मी राई, चित्रकुमार राई र इन्द्र कुमारी रिजाल रहनु भएको जनाइएको छ ।
आजै भएको चौविसौँ साधारण सभाबाट आ.व. २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम समेत पारित गरिएको संस्थाले जनाएको छ ।
बाह्रौँ अधिवेशन तथा चौविसौँ साधारण सभाको उद्घाटन सत्र संस्थाकी अध्यक्ष चन्द्रकला भुजेलको सभापतित्व तथा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङकी प्रमुख गिता दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सोही कार्यक्रममा त्रिपन्नौ पटक रक्तदान गरी अरुलाई पुनर्जीवन दिलाएर मानवीय सेवामा योगदान दिनुहुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ दिक्तेल निवासी छत्रकुमार वजिमयलाई वाल सेवा समाज नेपाल नेर्पाका तर्फबाट वर्ष उत्कृष्ट समाजसेवी घोषणा गर्दै दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।
उद्घाटन कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य दानबहादुर राई, नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई, नेकपा एमालेका केन्द्रिय सदस्य रमेश पौडेल, नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, नगर कार्यपालिका का सदस्यहरु, संस्थाका आजिवन तथा साधारण सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।