आश्विन १९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको सदरमुकाम दिक्तेलमा जिल्ला स्तरीय बुद्धिचाल, बाघचाल र टेवलटेनिस प्रतियोगिता आजबाट सुरु भएको छ । नेपाल तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर सभापति दिवासन रार्ईको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टरार्ईको प्रमुख आतिथ्यतामा आज अशोज १९ गतेदेखि देखि २१ गते सम्म दिक्तेलको माटिकोरेस्थित कर्वड हलमा प्रतियोगिता सुरु भएको खेल संयोजक रणजंग राईले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ ।
तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगर कार्य समितिको आयोजनामा नेपालीहरुको महत्वपूर्ण पर्व दशै, तिहार, छठ तथा नेपाल संवत पर्वको अवसर पारेर टेवुलटेनिस, बुद्धिचाल र बाघचाल प्रतियोगता आजबाट सुरु गरेको नेपाल तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अध्यक्ष दिवासन राईले जानकारी दिनुभयो । उहाँले समाजमा लोप हुँदै गैरहेको बाघचाल खेललाई पनि प्रवर्द्धनमा सहयोग पुराउने ध्येयले यो पटक प्रतियोगिताको रुपमा समेटिएको बताउनुभयो ।
प्रतियोगितामा टेवुलटेनिस तर्फ प्रथम हुनेले रु. १० हजार, दोस्रो हुनेले रु.६ हजार र तेस्रो हुनेले रु.३ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष राईले बताउनुभयो ।
यसैगरी, बुद्धिचाल (चेस) तर्फ प्रथम हुनेले रु.७ हजार ७७७, दोस्रो हुनेले रु.४ हजार ४४४ र तेस्रो हुनेले रु.२ हजार २२२ रुपैया पाउनेछन् भने बाघचालतर्फ प्रथम हुनेले रु.५ हजार ५५५, दोस्रो हुनेले रु.२ हजार २२२ र तेस्रो हुनेले रु.१ हजार १११ रुपैयाका साथ प्रमाणपत्र पाउनेछन् ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।