मंसिर २३, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई तथा उपप्रमुख वीषण राई यतिखेर मित्र राष्ट्र दक्षिण कोरियाको १५ दिने भ्रमणमा हुनुहुन्छ ।
गत वर्ष माघ महिनामा नगरप्रमुख तीर्थराज भट्टराईद्धारा गरिएको मित्र राष्ट्र जापानको भ्रमणमा त्यहाँको तोचिगी नगरपालिकाका मेयर आखावा हिदेकोेलाई किराँत सँस्कृतिका प्रतिक चिण्डो र अन्य सामाग्रीहरु उपहार स्वरुप प्रदान गरेर किराँत सँस्कतिको प्रवर्द्धनको प्रारुप बसालिएको नगरप्रमुख भट्टराईलाई उदघृत गर्दै सोही प्रारुपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किराँत सभ्यताको उद्वोधन हुने शव्द मुन्दुम अन्तराष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८० सम्पन्न गरिएको २ महिना नवित्दै कृषि–पर्यटन, शिक्षा र सँस्कृति तथा कला क्षेत्रमा पारिस्पारिक सहयोगका लागि वातावरण निर्माण गर्दै नगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने उद्धेश्य अनुरुप नगर प्रमुख भट्टराई तथा उपप्रमुख राई मंसिर १७ गते दक्षिण कोरियाको भ्रमणमा जानु भएको जनाइन्छ ।
नगरप्रमुख भट्टराईका अनुसार दक्षिण कोरियाको ग्युङगी प्रोन्सि अन्तर्गत पूर्वमेयर एशोसियसनका महासचिव, केएलसिसिका अध्यक्ष तथा शिहुङ नगरपालिकाका पूर्वमेयर लि यान शो र न्योङयुप विश्वविध्यालयका अध्यक्ष चो दोङ शोको औपचारिक निम्तोमा उहाँहरु दक्षिण कोरियाको भ्रमणमा जानुभएको हो ।
भ्रमणका क्रममा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दक्षिण कोरियाको शिन आन्सान विश्वविद्यालय (यसपछि पार्टीहरू भनेर चिनिन्छ) बीच पारस्परिक रूपमा लाभदायक सहकारी सम्बन्ध स्थापना गर्न सहमत भएको नगरप्रमुख तीर्थराज भट्टराईले जनाउनुभएको छ ।
यस समझदारी पत्रको ढाँचाभित्रको सहकार्यले बजेटको उपलब्धता र पक्षहरूको कानूनमा आधारित भएर उत्कृष्ट विद्यार्थीहरूको लागि पारस्परिक सहयोग र विनिमय, सिफारिस र मार्गदर्शन गर्ने, अन्तर्राष्ट्रिय आदानप्रदान र संयुक्त परियोजनाहरूको विकास र कार्यान्वयन गर्ने, पर्यटन र उद्योग र अन्य जानकारीको आदानप्रदान गर्ने, नगर नीतिमा संयुक्त विकास र सल्लाहकार, पर्यटन क्षेत्रमा अनुभव आदानप्रदान, कोरियाली भाषा शिक्षालाई सहयोग गर्ने र संयुक्त परियोजनाहरू प्रवर्द्धन गर्ने,अन्य गतिविधि र कार्यक्रमहरु पक्षहरुद्वारा आपसी सहमतिमा गरिने भनिएको छ ।
यसैगरी बुँदा २ मा सहयोगका सर्तहरू तोक्दै यस समझदारी पत्र अन्तर्गत लागू हुने प्रत्येक विशेष कार्यक्रम र गतिविधिको लागि आवश्यक बजेट कुनै विशेष कार्यक्रम वा गतिविधि सुरु हुनु अघि विश्वविद्यालय र नगरपालिका बीच आपसी सहमतिमा हुनेछ जनाइएको छ ।
बुँदा ३ ले जिम्मेवार व्यक्तिको बारेमा विश्वविद्यालय र नगरपालिकाले यस समझदारी ज्ञापन अनुसार विशिष्ट गतिविधि वा कार्यक्रमहरूको विकास र समन्वय गर्न व्यक्तिहरूलाई तोक्ने जनाएको छ ।
बुँदा ४ ले बौद्धिक सम्पत्ति अधिकारको संरक्षण बारे प्रष्टाएको छ । जसअनुसार बौद्धिक सम्पत्ति संरक्षण दलहरूको राष्ट्रिय कानून, प्रकाशनमा प्रत्येक पार्टीको नाम, लोगो र÷वा आधिकारिक प्रतीक प्रयोग गर्ने कार्य, कागजातहरू र÷वा कागजहरू अन्य पक्षबाट पूर्व लिखित स्वीकृति बिना निषेधित छन् भनिएको छ ।
बुँदा ५ ले परिमार्जन र अतिरिक्तका सम्बन्धमा उल्लेख गरेको छ । जसअनुसार यस समझदारी पत्रमा परिमार्जन र अन्य थप गर्नु पर्ने विषयहरु विश्वविद्यालय र नगरपालिका बीचको आपसी सहमतिमा गर्न सकिन्छ । यस समझदारी पत्रमा सबै परिमार्जनहरू र अन्य थप विषयहरु यस समझदारी पत्रको एक आवश्यक भाग गठन गर्ने प्रोटोकलद्वारा वैधानिक मनिनेछ ।
बुँदा ६ ले यस समझदारीको प्रावधानको व्याख्या, प्रयोग वा कार्यानवयनमा उत्पन्न हुने विवादलाई नगरपालिका र विश्वविध्यालयले आपसी परामर्श र वार्ताबाट अनुकूल ढंगले सामाधान गरिने उल्लेख गरेको छ ।
बुँदा ७ मा अन्य प्रावधानहरू भन्दै यस समझदारी पत्रले विश्वविद्यालय र नगरपालिकाको आपसी सहयोगको जग बसाल्ने मनसाय व्यक्त गर्दछ र कानुनी दायित्वहरू सिर्जना गर्दैन भनिएको छ । यसैगरी यस समझदारी पत्रले तेस्रो पक्षहरूलाई कुनै कानूनी अधिकार प्रदान गर्दैन र अन्य अन्तर्राष्ट्रिय सम्झौताहरूबाट उत्पन्न हुने पक्षहरूको अधिकार र दायित्वहरूलाई असर नगर्ने स्पष्ट पारेको छ ।
अन्तिम बुँदा ८ ले प्रवर्तन, अवधि र समाप्तिका बारेमा व्यवस्था गरेको छ । यो समझदारी पत्र हस्ताक्षर भएको मितिदेखि लागू हुनेछ र पाँच वर्षको लागि कार्यान्वयन हुनेछ । त्यसपछि, यो सम्झौता स्वतः पाँच वर्षको लागि लम्बिनेछ । जबसम्म कुनै एक पक्षले समाप्तिको छ महिना अघि यो समझदारी पत्र समाप्त गर्ने आफ्नो मनसाय अर्कोलाई लिखित रूपमा सूचित गर्दैन, तबसम्म यो जारी रहने उल्लेख छ । यस समझदारी पत्रको समाप्तिले यस सम्झौताको समाप्ति मिति अघि सहमति भएका चलिरहेको गतिविधिहरू र कार्यक्रमहरूको कार्यान्वयनलाई असर गर्ने छैन भनिएको छ ।
दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख भट्टराई र शिन आन्सान विश्वविध्यालयका अध्यक्ष प्रो.जि ईउइ शाङ द्धारा विहीवार हस्ताक्षरित यो ८ बुँदे समझदारी पत्रको कार्यान्वयनले नगरपालिका भित्र शैक्षिक क्षेत्रमा थप सहयोग पुग्ने, कृषि पर्यटन र उध्योगमा समेत प्रभावकारी रुपान्तरण हुनेमा नगरवासीले विश्वास लिने नगरपालिका श्रोत बताउँछ ।
दुई पक्षवीच सम्झौतापत्रमा हस्ताक्षर गरिदाका केही तस्विरहरु
p
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !