असार ०३, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङ जिल्लामा एक घर आगो लागेर पूर्णरुपमा नष्ट भएकोछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ११ खार्मीस्थित नयाँबस्तीका मानबहादुर मगरको घरमा विद्युतको मिटरबक्सबाट सल्किएको आगोले घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएकोे छ ।
आइतबार दिउँसो करिब दुई बजेको समयमा मिटरबक्सबाट आगो लाग्न शुरु भई ढुङ्गामाटोले बनेको जस्तापाताको तीनतले घरको सबै भागमा आगो फैलिएर घरमा भएका अन्नपात लगायत सामानहरु समेत नष्ट भएको प्रहरी श्रोतले जनाएको छ ।
आगलागिका कारण भाँडाकुँडा, लत्ताकपडा, काठपात अन्नपातसंगै तीन तोला सुन, ११ तोला चाँदी, नगद रु ५० हजार लगायतका धनमाल पूर्णरुपमा जलेर करिव रु. ३२ लाख वढिको क्षति भएको स्थानीयले बताए । दिउँसो करिब दुर्ई बजे तिर लागेको आगोे बेलुकीको ७ बजे मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रनाउ मन्जिल मुकारुङले जानकारी दिनु भयो ।
मगरको घरमा लागेको आगो तत्कालै नियन्त्रणमा लिन स्थानीय वासिन्दाहरु, प्रहरी चौकी तालखर्कका सुरक्षाकर्मीको टोली घटनास्थल पुगेका थिए । तर तत्कालै आगोलार्ई नियन्त्रणमा लिने कुनै उपकरण नभएको र घरायसी सामाग्री प्रयोग गरेर तत्कालै नियन्त्रण गर्न सम्भव नहुँदा ठूलो क्षति पुग्न गएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीका वडाध्यक्ष ईखबहादुर राईले बताउनु भयो ।
श्रीमान/श्रीमती दुईजनामात्रै बस्दै आउनुभएको मगर दम्पतीको घर जल्दा उहाँहरु यतिबेला बिचल्लीमा पर्दै छिमेकीको आश्रयमा बस्न वाध्य हुनुपरेको वडाध्यक्ष राईले भन्नुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !