जेठ ०३, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलवजारस्थित श्री सरस्वती माध्यामिक विद्यालयमा जिल्ला प्रहरी कार्यालय खोटाङद्धारा “लागू औषध रोकथाम तथा न्युनिकरण” सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । ‘नागरिकसँग समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत जेष्ठ ३ गते प्रहरी नायव निरिक्षक प्रकाशचन्द्र अधिकारीको कमान्डमा खटीगएको प्रहरी टोलीले श्री सरस्वती माध्यामिक विद्यालय दिक्तेलमा “लागू औषध रोकथाम तथा न्युनिकरण” सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।
शुरुमा ‘सामुदायिक प्रहरी’को नामबाट कार्यक्रम सञ्चालन हुदै आएकोमा त्यो भन्दा अझ परिष्कृत गरेर अलि पृथक अवधारणाका साथ शुरु गरिएको ‘समुदाय प्रहरी साझेदारी’ अभियान छोटो समयमै देशभरि प्रभावकारी ढंगबाट सञ्चालनमा आईरहेको प्रहरी श्रोतको भनाई छ ।
समुदायसँग बसेर सामाजिक विकृति र विसंगतिलाई चिर्दै अपराध न्यूनिकरण गर्न यो कार्यक्रम प्रभावकारी ठहरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का बताउनु हुन्छ । नेपाल प्रहरी र स्थानीय तहबीचको साझेदारीमा साझा संयन्त्र मार्फत् सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न ‘समुदाय प्रहरी साझेदारी’ को अवधारणा ल्याइएको उहाँ बताउनुहुन्छ ।
आज सरस्वती माध्यामिक विद्यालय दिक्तेलमा अध्ययनरतः कक्षा ८, ९ र १० का ६३ जना विद्यार्थीहरुको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
प्रहरी श्रोतका अनुसार ‘नागरिकसँग प्रहरी साझेदारी अभियान’ अन्तर्गत ‘साईबर सुरक्षा’ र ‘लागूऔषध नियन्त्रण’ बारे सचेत गराउन फिल्ड प्रशिक्षण नै सञ्चालन गरिएको हो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।