श्रावण २२, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफू हाल मुख्यमन्त्रीमा नरहे पनि कोशी प्रदेशको विकास र समृद्दिका लागि आफ्नो महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। सोमबार वीपी स्मृतिभवन दिक्तेलबजारमा नेपाली काँग्रेस खोटाङले आयोजना गरेको खोटाङको विकास र राजनीति विषयक अन्तरकृयात्मक कार्यक्रममा बोल्दै निवर्तमान मुख्य मन्त्री कार्कीले यस्तो बताउनु भएको हो।
नेपाली काँग्रेस जिल्ला कार्य समिति खोटाङका सभापति विष्णुकुमार राईको सभापतित्वमा भएको अन्तरकृयात्मक कार्यक्रममा नेता कार्कीले कोशी प्रदेशको नामाँकनका विषयमा बोल्दै पहिचान पक्षिधरसँग आफ्नै पालामा वार्ताको वातावरण बनाए पछि प्रदेश सभाका साँसदहरु आ आफ्ना जिल्ला र क्षेत्रमा जान सक्ने वातावरण बनेको उल्लेख गर्नुभयो। उहाँले थप्नुभयो–अब यसलाई सत्ताको बलमा निषेध बाट होईन विवेक र सहमतिबाट टुँगोमा पुराउनुपर्छ । उहाँले आफ्नो मुख्यमन्त्रीको छोटो कार्यकालमा स्वास्थ्य,पर्यटन, वन तथा वातावरण, शिक्षा लगायत अन्य विकास निर्माणका दीर्घकालिन महत्वका कामहरु शुरु भएको समेत चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति खोटाङका उपसभापति तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, उपसभापति ईवन राई, महासमिति सदस्य शहरमान राई, जिल्ला संगठन विभाग प्रमुख बिष्णुराज राई,जिल्ला सदस्य शरणकुमार राई, नेपाल विध्यार्थी संघका केन्द्रिय सदस्य नईन्द्र राई, जिल्ला समन्वय समिति खोटाङका सदस्य दुर्गा प्रसाद घिमिरे लगायतले जिल्लाको विकास निर्माण तथा नेपाली काँग्रेसका संगठनात्मक अवस्थाका बारेमा आ– आफ्ना धारणाहरु राख्नु भएको थियो ।
कार्यक्रमको सहजिकरण नेपाली काँग्रेस जिल्ला कार्य समिति का सचिव ज्ञानेन्द्र जोशीले गर्नुभएको थियो ।
सोमबार विहान निवर्तमान मुख्यमन्त्री कार्कीले हलेसी तुवाचुङस्थित त्रीधार्मिक हलेसी महादेवस्थानको परिसरमा निर्माण भएको हवन कुण्डको धार्मिक अनुष्ठानका वीच ओैपचारिक उद्घाटन समेत गर्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।