श्रावण ३२, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकामा रहेको सामुदायिक विद्यालयहरुमा अध्ययनरत वालबालिकालाई संलग्न गराई विभिन्न राजनैतिक दलको भातृसंस्थामा आवद्ध गराउन बन्द गरिएको छ । विद्यालयहरुमा राजनैतिक दलको संगठन निर्माण गर्ने, प्रशिक्षण गराउने र राजनैतिक क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागि गराउँदा शैक्षिक गुणस्तर र प्रभावकारी नतिजा ल्याउने कार्यमा गम्भीर असर परेको निष्कर्ष निकाल्दै गाउँ शिक्षा समितिले विद्यालयमा कुनै पनि राजनैतिक गतिविधि गर्न र वालवालिकालाई सहभागि नगराउन निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक रवि प्रकाश राईको अध्यक्षतामा बिहिबार बसेको गाउँ शिक्षा समितिको वैठकले सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरु १६ वर्ष भन्दा मुनिका नावालक हुने र राजनीति भन्दा पठनपाठनले नै वालवालिकाको आवश्यकताको विषय भएको र पठनपाठनले नै सुन्दर भविष्य निर्माण गर्ने भएकाले वालबालिकाहरुलाई राजनीतिबाट टाढा राख्ने निर्णय समितिले गरेको हो ।
राजनैतिक दलको भातृ संस्थामा आवद्ध गराउँदा नाबालक विद्यार्थीहरुलाई विभिन्न प्रलोभन देखाएर संगठनमा आवद्ध गराउने गरिएको र उनिहरुको पढाई खस्कँदो अवस्थामा भएको विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुबाट गुनासो आएको र विद्यालयलाई राजनैतिक गतिविधि बाट टाढै राख्नुपर्ने सुझाव आएपछि गाउँ शिक्षा समितिको वैठक बसी यस्तो निर्णय गरिएको अध्यक्ष राईले बताउनुभयो ।
नावालक विद्यार्थीहरुलाई राजनैतिक गतिविधिमा संलग्न गराउनु नेपालको संविधान विपरितको कार्य भएको र संविधानको धारा १७ र धारा ३९ लाई टेकेर निर्माण भएको बालबालिका ऐन, २०७५ को परिच्छेद ८ को बालबालिका विरुद्ध हुने कसुरको दफा ६६ को उपदफा २ को (छ) मा राजनीतिक प्रयोजनका लागि नावालक विद्यार्थीलाई संगठीत गर्ने वा हड्ताल, बन्द, चक्काजाम, धर्ना वा जुलुसमा प्रयोग गर्न नपाउने उल्लेख भए अनुसार पालिका भित्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थी शतप्रतिशत नावालक भएकाले विद्यालयहरुमा विद्यार्थी संगठन निर्माणमा प्रतिवन्ध गर्ने समितिले निर्णय गरेको हो । कानून अनुसार नावालक वालवालिकाहरुको शैक्षिक गुणस्तरमा वृद्धि हुने प्रकारको गतिविधि गर्न भने रोक लगाईएको छैन ।
निर्णयपछि पालिकाभित्रका सामुदायिक विद्यालयहरुमा विभिन्न प्रलोभन देखाएर राजनैतिक दलको संघसंगठनमा बालबालिकालाई आवद्ध गराउन, राजनैतिक प्रशिक्षण दिन, राजनैतिक गतिविधिमा सामेल गराउन पाईने छैन । साकेला गाउँपालिकामा एक वटा क्याम्पस सहित छ वटा माध्यमिक विद्यालय र २२ वटा आधारभूत विद्यालय रहेका छन् । छ वटा माविमध्ये केही विद्यालयहरुमा मात्र कक्षा १२ सम्मको पठनपाठन हुनेगरेको छ ।
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान