बैशाख २६, २०८१ , खोटाङ
रेडक्रस शाखा खोटाङले रक्तदानका साथ रेडक्रस दिवस मनायो
हलेसीन्युजडेस्क, खोटाङ /
आज विश्व रेडक्रस दिवस । ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस दिवस मनाउन लागिएको हो । ई.सं. १८२८ मे ८ का दिन स्वीटजरल्यान्डको जेनेभामा जाँ हेनरी ड्यूनाको जन्म भएको थियो । नोबेल शान्ति पुरस्कारका प्रथम विजेता अनि रेडक्रस जस्तो विश्वव्यापी परोपकारी संस्थाका संस्थापक यी महान् व्यक्तित्वको जन्मदिनलाई हरेक वर्ष विश्व रेडक्रस दिवसका रुपमा संसारले सम्झना, समर्पण अनि सद्भाव व्यक्त गर्दछ । सन् १८६३ मा नेपालमा रेडक्रसको स्थापना भएपछि विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जाँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मे ८ तारिख, आजकै दिन नेपालमा पनि हरेक परोपकारी कार्य गर्दै रेडक्रस दिवस मानार्ईदै आएको छ ।
आज खोटाङमा पनि रेडक्रस दिवस मनाइदैछ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका सभापति ज्ञानेन्द्र जोशीको अध्यक्षतामा आज एक कार्यक्रमको आयोजना गर्दै विश्व रेडक्रस दिवसको अवसर पारेर खोटाङ जिल्लामा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान दिनुहुनेमा ने.रे.सो खोटाङका उपमन्त्री परशुराम बि.क तथा जिल्ला कार्यसमिति सदस्य शिवकुमार बस्नेतले रक्त संञ्चार केन्द्रमा रक्तदान गर्नु भएको स्वास्थ्य अधिकृत प्रविण श्रेष्ठले बताउनु भयो ।
दिवसले रेडक्रसकर्मीमा मानवीय आत्मा सम्मानको रक्षा गर्ने, मानवीय पीडा कम गर्ने र विशेषतः पहुँच बाहिर जोखिमपूर्ण अवस्थामा रहेका व्यक्ति तथा समुदायलाई सेवा गर्ने प्रेरणा र प्रतिबद्धता प्राप्त हुनेछ भन्ने अपेक्षा गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार वजिमयले बताउनु भयो ।
नेपाल रेडक्रस सोसार्ईटी खोटाङ जिल्ला शाखाका सभापति ज्ञानेन्द्र जोशीले शुभकामना सन्देशमा पछिल्लो समय जलवायु परिवर्तनले उत्पन्न विपदका घटनाले मानवताको रक्षामा चुनौती बन्दै गइरहेको जनाउँदै मानवीय सेवामा जुट्न आह्वान पनि गर्नु भएको छ ।
कार्यक्रममा उपसभापति भिम शैजु, मन्त्री छत्र कुमार बजिमय, उपमन्त्री परशुराम बि.क, जि.का.स सदस्य शिव कुमार बस्नेत, अर्जुन राउत तथा रेडक्रसकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको कार्यालयमा भएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !