चैत्र ०९, २०८० , Khotang
पुरुष तान डोरी, झाँकी प्रदर्शनका साथ सामूहिक नृत्य प्रतियोगिता पनि हुने
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको रावाबेसी गाउँपालिका–१ कुभिन्डेमा खुला वडास्तरीय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । नयाँवर्ष–२०८१ को अवसर पारेर आगामी चैत्र २९ देखि २०८१ बैशाख २ गतेसम्म खुला वडास्तरीय पुरुष भलिवल प्रतियोगिताका साथ वडा स्तरीय पुरुष तान डोरी प्रतियोगिता, झाँकी प्रदर्शन र वडा स्तरीय सामूहिक नृत्य प्रतियोगिताको आयोजना हुने रावावेसी गाउँपालिका–१ कुभिन्डेका वडाध्यक्ष गेहेन्द्रमान रार्ईले हलेसी एफ एमलार्ई जानकारी दिनुभएको छ ।
“युवाको लागि खेल–खेलका लागि युवा” भन्ने मूल नाराका साथ ‘कुभिन्डे युवा, खेलकुद तथा साँस्कृतिक विकास समिति’द्धारा रावाबेसी गाउँपालिका–१ कुभिन्डेकोे खेलमैदानमा भलिवल प्रतियोगिताका साथ विविध कार्यक्रमको आयोजना गरिन लागिएको समितिका अध्यक्ष योगेस रार्ईले बताउनुभयो । समितिद्धारा खेलकुद आयोजना सम्बन्धि सूचना प्रकाशन गर्दै खेलाडी र खेलाडीका टिमहरुलाई आमन्त्रण गरिएको पनि बताउनु भयो ।
भलिवल प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरुले चैत्र २५ गते देखि २८ गते दिउसो १ः०० बजे भित्र रु ४ हजार ५ सय शुल्क बुझाई टिम दर्ता गरी सक्नुपर्ने आयोजकले जनाएको छ । यस्तै कुनै खेलाडी तथा टिमलार्ई प्रोटेष्ट गर्नु परेमा सम्बन्धित खेलाडीले खेल खेलिसकेको ३० मिनेट भित्र रु ३ हजार ५ सय नगद धरौटी राखि निवेदन पेश गर्नु पर्ने र प्रमाण नपुगेमा धरौटी वापतको रकम फिर्ता नहुने आयोजकले जनाएको छ ।
यस्तै नृत्य प्रतियोगिता तर्फ समूहमा कम्तिमा ६ जना देखि बढीमा १२ जना सम्म हुनुपर्ने, गीत देशभक्ति तथा राष्ट्रियता झल्कने हुनु पर्ने, गीत तथा नाच अनुसारको भेषभुषा अनिवार्य हुनु पर्ने आयोजकले जनाएको छ ।
तान डोरी प्रतियागितातर्फ वडा स्तरीय पुरुष हुनुपर्नेछ भने एक समूहमा ५ जना सम्मिलित हुनुपर्ने जनाइएको छ । तानडोरी प्रतियोगितामा भने रावावेशी गाउँपालिका भित्रका वडाले मात्र सहभागी हुन पाउने भनिएको छ ।
यस्तै झाँकी प्रदर्शन तर्फ विभिन्न जातजातीले आ-आफ्नो मौलिक झाँकी प्रदर्शन गर्नु पर्ने, एक समूहमा कम्तिमा १६ जना देखि २५ जना हुनुपर्ने आयोजकले जनाएकोे छ । झाँकी प्रदर्शनमा रावावेशी गाउँपालिकाभित्रका समुदायलाई मात्र सहभागी गराइने भनिएको छ ।
भलिवल प्रतियोगितामा प्रथम हुने टिमलाई रु ७० हजार नगदका साथ मेडल र प्रमाणपत्र, द्धितिय लार्ई रु.४५ हजार नगदका साथ मेडल र प्रमाणपत्र र तृतीय हुनेलाई रु. ३० हजार नगदका साथ मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै सान्त्वना हुने टिमलार्ई रु ११ हजार नगदका साथ मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । उत्कृष्ट खेलाडीलार्ई ट्रफिको समेत व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।
यस्तै खुल्ला सामूहिक नृत्य तर्फ प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने टिमलार्ई क्रमश रु. १६ हजार, १२ हजार, ८ हजार र रु. ४ हजारका साथ प्रमाणपत्र दिइनेछ । यसैगरी पुरुष तानडोरी तर्फ प्रथम, द्धितिय र तृतीय हुने टिमहरुलाई क्रमशः रु. १० हजार बराबरको बोका, ७ हजार मूल्य पर्ने बोका र रु. ५ हजार बराबरको लोकल भालेको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
खेल अबधिभर खाने वस्ने व्यवस्था खेलाडी आफैले गर्नुपर्ने भनिएको छ । खेलमा सामान्य चोटपटकका लागि आयोजकले मेडिकलको व्यवस्था गरेको भएपनि गम्भिर चोटपटक लागेमा खेलाडी आफै जिम्मेवारी बन्नुपर्ने समितिले जनाएको छ ।
[ खेल-जगतका अन्य खवरहरु---
अण्डर–२३ वडास्तरीय पुरुष फुटबल प्रतियोगितामा साकेला-५ मात्तिम प्रथम
१४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न ः दिक्तेलरुपाकोट मझुवागढीको हातमा प्रथम उपाधि
दिक्तेल सोल्मामा यो हप्ताभरि जुनियर खेलाडीहरुको रोचक फुटवल प्रतिस्पर्धा हुदै
छैठौं राष्ट्रपति रनिङ शिल्डको उपाधि साकेला माविलाई
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
साकेलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
दिरुम नगरपालिकामा आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
लफ्याङमा वडास्तरीय खुला पुरुष भलिवल प्रतियोगिता सम्पन्न
मिलन कसजुको नेतृत्व चयन गर्दै नेपाल कराँते संघ खोटाङको चौथो अधिवेशन सम्पन्न
आईसीसी विश्वकप लिग–२ मा यूएईलाई हराउँदै नेपाल विश्वकप छनौटमा
दिक्तेल मेयर कप फुटबल प्रतियोगितामा नेर्पाको शानदार विजय }
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।