कार्तिक २९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ५ लफ्याङस्थित श्री माध्यमिक विद्यालय बाँसबोटे, लफ्याङको ६४औं बार्षिकोत्सव तथा १३ औँ अक्षयकोष दिवसका अवसरमा २६ गतेदेखि शुरु गरिएको विविध कार्यक्रम कात्तिक २९ गते विहीवार समापन गरिएको छ । विध्यालय व्यवस्थापन समितिका अध्यक्ष काजिमान रार्ईको अध्यक्षता तथा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला रार्ईको प्रमुख आतिथ्यतामा विहीवार समापन गरिएको हो ।
कार्यक्रममा नगर स्तरीय छात्र भलिबल प्रतियोगितामा जम्मा ९ टिम सहभागी भएका थिए, जसमा सरस्वती मा.वि दिक्तेल प्रथम, दिक्तेल बहुमुखी क्याम्पस दिक्तेल दोस्रो र सरस्वती मा.वि पाथेका तेस्रो स्थान हासिल गरी क्रमशः रु २० हजार, १५ हजार र १० हजारका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेकाछन् ।
यस्तै नगर स्तरीय लोक नृत्य प्रतियोगितामा जम्मा ९ टिम सहभागी भएकोमा ज्योति मा.वि जाल्पा प्रथम, सरस्वती मा.वि पाथेका द्धितिय र चम्पावती मा.वि बुर्ईपा तेस्रो हु्न सफल भएका छन् । प्रथम दोस्रो र तेस्रो हुनेहरुलार्ई क्रमशः रु २० हजार, १५ हजार र १० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको शिक्षक गोपाल श्रेष्ठले हलेसी एफ एमलाई जानकारी दिनु भएको छ ।
६४ औं बार्षिकोत्सबको अवसरमा ३२ वर्ष ४ महिना ७ दिन शिक्षण गर्ने रामधन रार्ईलार्ई बिध्यालयले सम्मान पत्रका साथमा मायाको चिनो करुवा प्रदान गरेर विदार्ई पनि गरिएको छ । यस्तै ६ जना रेफ्रिहरुलार्ई पनि मायाको चिनोको साथमा विदाई गरिएको छ ।
६४ औं बार्षिक उत्सब तथा १३ औं अक्षयकोष दिवसको अन्तिम दिन आज विध्यालयमा विभिन्न शिर्षकहरुमा स्थापित अक्षय कोषबाट विध्यालयमा अध्ययनरतः १२ जना विध्यार्थीहरुलाई नगद पुरस्कारका साथ प्रोत्साहन गरिएको छ ।
प्रोत्साहन नगद पुरस्कार प्राप्त गर्ने विध्यार्थीहरुमा स्वर्गीय मनमाया राई स्मृति अक्षय कोषबाट मनिता श्रेष्ठ र सुम्निमा राईलाई जनही रु.३ हजार ६ सय, स्वर्गीय भू.पू. बिध्याथी अक्षय कोषबाट मिना श्रेष्ठ र पुर्णिमा खत्रीलाई जनही रु ५ हजार ३ सय, सेरालुङहछा अक्षयकोषबाट शिक्षा राईलार्ई रु.११ हजार २ सय, स्वर्गीय दैबप्रसाद तुलसा घिमिरे स्मृति अक्षय कोषबाट स्मारिका मङग्रातीलाई रु. ४ हजार ५ सय, स्वर्गीय चिमा राई अक्षय कोषबाट कविता राई र खुशी राईलार्ई जनही रु.४ हजार ५ सय, विधाकुमारी कार्की स्मृति अक्षय कोषबाट दिपा पौडेललाई रु. ३ हजार ५ सय, स्वर्गीय भिमप्रसाद घिमिरे अक्षय कोषबाट पुजा खातीलार्ई रु.३ हजार २ सय, आमा अक्षय कोषबाट पुजा आचार्यलार्ई रु.३ हजार २ सय, स्वर्गीय दिपबहादुर नैनकुमारी अक्षयकोष बाट मञ्जुला राईलार्ई रु.४ हजार १ सय प्रदान गरिएको श्री माध्यमिक विद्यालय बाँसबोटेका लेखापाल गोपाल श्रेष्ठले हलेसी एफ एमलाइ जानकारी दिनु भएको छ ।
सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख विमला राई, वडा शिक्षा समितिका संयोजक तथा वडाध्यक्ष दिनेशकुमार घिमिरे, अतिथि समाजसेवी भिषण राई लगायत विशेष अतिथिहरुबाट स्थानिय पाठ्यक्रम ‘हाम्रो मझुवा’को संयुक्त रुपमा विमोचन समेत गरिएको थियो ।
आगामी मंसिर २ गतेदेखि उक्त पाठ्यक्रम ‘हाम्रो मझुवा’ वडाका सबै विध्यालयहरुमा लागू गरिने वडा शिक्षा समितिका संयोजक तथा वडा नं. ५ लफ्याङका वडाध्यक्ष घिमिरेले हलेसी एफएमलाई बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।