फागुन १३, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको सदरमुकाम दिक्तेलबजारमा ‘बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आयोजना गर्ने तयारी गरिएको छ । खेल सँस्कृतिको विकास गर्दै विभिन्न विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पु-याउने उद्धेश्यले नेपाल खेलकुद प्रतिष्ठान खोटाङले लोकतन्त्र दिवसको अवसर पारेर वि.सं. २०८१ वैशाख ११ गतेदेखि २२ गतेसम्म बृहत खोटाङ-हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव आयोजना गर्ने तयारी गरेको हो ।
दिक्तेलवजारस्थित रुपाकोट होटलमा शनिवार एकपत्रकार सम्मेलनमार्फत खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सवका सम्बन्धमा जानकारी गराउदै नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले उक्त महोत्सवमा राष्ट्रिय कराँते प्रतियोगिता, खुला म्याराथुन, विभिन्न उमेर समूहको दौड, साहित्यिक तथा साँगीतिक लगायतका विविध प्रतियोगिता समेटिने बताउनुभयो । नेपाल कराँते महासङ्घ खोटाङको संयोजन र नेपाल सितोरियो कराँते सङ्घ खोटाङको व्यवस्थापनमा करिब रु ५० लाख खर्च हुने महोत्सवको तयारी गरिएको प्रतिष्ठानका अध्यक्ष राईले जनाउनुभयो ।
प्रतिष्ठानका अनुसार वैशाख ११ गतेदेखि महिला/पुरुष खुला म्याराथन प्रतियोगिता गरिने जनाइएको छ । यस्तै वैशाख १५ गतेदेखि १७ गतेसम्म राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ । कराँतेमा सातवटै प्रदेशसहित गोजुरियो, सोतोकान, वादोरियो र आयोजकले प्रतिष्पर्धा गर्ने जानकारी दिइएको छ ।
खुला म्याराथनमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः रु ७५ हजार, रु ५० हजार र रु २५ हजार प्रदान गरिने छ । यस्तै १२ वर्षदेखि १४ वर्ष उमेर समूहको ३ किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुने खेलाडीलाई क्रमशः रु सात हजार, रु छ हजार र रु पाँच हजार प्रदान गरिनेछ ।
१४ वर्षदेखि १६ वर्ष उमेर समूह (महिला/पुरुष)को ५ किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुने खेलाडीले क्रमशः रु दश हजार, रु सात हजार र रु पाँच हजार पाउने छन् । यस्तै १६ वर्षदेखि १८ वर्ष उमेर समूह (महिला/पुरुष)को १० किलोमिटर दौड प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः रु १५ हजार, रु दश हजार र रु सात हजार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
राजनीतिक दलका नेता, जनप्रतिनिधि, पत्रकार, राष्ट्रसेवक कर्मचारी र शिक्षकको ५ किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः रु १५ हजार, रु दश हजार र रु सात हजार प्रदान गरिने जनाइएको छ । यस्तै, वैशाख–२२ गते हुने साहित्यिक प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने श्रष्टालाई क्रमशः रु ३० हजार, रु २५ हजार र रु २० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
साहित्यतर्फ चौथो र पाँचौँ हुने श्रष्टालाई क्रमशः रु १५ हजार र रु दश हजार प्रदान गरिने व्यवस्थापनको जिम्मा लिएको नेपाल सितोरियो कराँते सङ्घका सचिव मोतिचन्द्र राईले जानकारी दिनुभएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, आगामी १५ वर्षभित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यका साथ खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सवको तयारी गरिएको आयोजकले जनाएको छ ।
कराँते प्रतियोगिताका लागि अनुमानित रु ३५ लाख, एथ्लेटिक्स (म्याराथन र समूहगत दौड)मा रु दश लाख र साहित्यिक प्रतियोगितामा रु दश लाख खर्च हुने जानकारी दिइएको छ । जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसमेत सहभागी पत्रकार सम्मेलनमा नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष मिलन कसजुले खेलकुदको क्षेत्रमा खोटाङले हालसम्म हासिल गरेको उपलब्धिसमेत प्रस्तुत गर्नुभएको थियो ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।