असार १३, २०८१ , Khotang
हलसीन्युजडेस्क, खोटाङ /
राष्ट्रिय बाँस सम्मेलनको पूर्वतयारी स्वरुप काठमाण्डौँमा अन्तरकृयात्मक कार्यक्रम गरिएको छ । राष्ट्रिय बाँस सम्मेलन २०८१ मूल आयोजक समितिका अध्यक्ष तथा पूर्व मन्त्रि गणेश शाहको अध्यक्षतामा जेष्ठ १४ गते शुक्रवार वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहलमा विभिन्न बाँससम्बन्धि विज्ञहरुको सहभागितामा आगामी कार्तिक पहिलो हप्तामा हुन लागेको राष्ट्रिय बाँस सम्मेलनको तयारीका साथै अन्य सरोकारका विषयहरुमा अन्तरकृयात्मक कार्यक्रम गरिएको हो ।
कार्यक्रमका केही झलकहरु
अन्तरकृयात्मक कार्यक्रममा सहभागीहरुले आगामी कार्तिक २ देखि ४ गतेसम्म खोटाङको सदरमुकाम दिक्तेलबजारमा हुन लागेको प्रथम राष्ट्रिय बाँस सम्मेलनलाई प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको जनाइएको छ । राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष कृष्णप्रसाद भट्टराईले अन्तरकृया कार्यक्रम राख्नुको उद्धेश्य र आजको विषयवस्तुका सम्बन्धमा सहजिकरण गर्नुभएको थियो । उहाँले बाँस सम्मेलनका लागि दिक्तेलवजार किन छनौट गरियो भन्ने विषयमा पनि स्पष्ट पार्नुभएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनप्रतिनिधिहरुको लागि बाँसबाट बनाईएका फर्निचरहरु प्रयोगमा ल्याएर बाँसको घरेलु उध्यमलाई प्रवद्र्धन गर्ने अभियानको प्रारम्भ गरिसकेको विषयमा पनि चर्चा गरिएको थियो ।
अन्तरकृयात्मक कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी काठमाण्डु विश्वविध्यालय धुलिखेलका डिन प्राध्यापक जनार्दन लामिछानेले मानिसका लागि बहुउपयोगी बनस्पतिमा पर्ने बाँसको पहिलोपटक राष्ट्रिय सम्मेलन गरेर राष्ट्रको ध्यानाकर्षण गराउने काम भैरहेको भन्दै यसबाट बाँसको संरक्षण, प्रवद्र्धन र उपयोगका सम्बन्धमा अझ कामयावी नीति र कार्यक्रम बनाउन सरकारलाई दवाव सिर्जना हुने भन्नुभयो । जन्मेदेखि मृत्युपर्यन्त बाँस मानिसको अभिन्न सहयोगी साथी हो । तर यसको उपयोगितालाई ख्याल नगरी यसको उचित संरक्षणमा ध्यान नदिदा बाँस मासिने क्रम बढ्दो छ भन्दै उहाँले अब समयमै यतातिर ध्यान दिनु जरुरी रहेको बताउनुभयो ।
यसैगरी बाँसको सम्बन्धमा खोज अनुसन्धान गरी यसैमा पहिलोपटक सन् १९९२ मा वेलायतबाट विध्यावारिधि.गर्नुहुने डा.अन्नपूर्ण दाशले नेपालमा ६० प्रकारका बाँसको पहिचान आफूले गरेको र त्योभन्दा वढी हुनसक्ने भन्दै यसको उपयोगितालाई राज्यले संस्थागत गर्न सक्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि व्यवहारिक नीति बनाउनु जरुरी रहेको उहाँको तर्क थियो । बाँस उध्योगलाई प्रवद्धृन गर्न सहयोगी नीति बनाइनु पर्नेमा उहाँले जोड दिनुभयो ।
यसैगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले पर्यावरण सन्तुलनमा बाँसको महत्व रहने भन्दै बाँस प्रकृतिमैत्री हुन्छ भन्नुभयो । उहाँले बाँस उध्यमको विकास गर्न सके नागरिकलाई आय आर्जनसँग सिधै जोड्न सकिन्छ, आन्तरिक पर्यटन वृद्धि र स्थानीय सामग्रीको खपतमा जोड दिन सके युवाहरु वेरोजगार बन्दै विदेश पलायन हुने क्रम घटेर जाने उहाँको कथन थियो । दिक्तेलवजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलनको आयोजना गर्ने सौभाग्यलाई बाँसको राष्ट्रव्यापि प्रवद्र्धनको अभियानको प्रस्थान विन्दुका रुपमा आफूले लिएको बताउदै त्यसलाई साँच्चिकै राष्ट्रको ध्यान खिच्न सबै विज्ञहरुको उपस्थितिले महत्व राख्ने भनाई व्यक्त गर्नुभएको थियो ।
अन्य सहभागीहरु डा. राजेन्द्र केसी, डा. शैलेस रन्जितकार, प्रा.डा. प्रमोद झा लगायतले पनि बाँसको महत्व र यसको उपयोगका वारेमा धारणा राख्दै बाँस राष्ट्रिय सम्मेलनलाई सफल बनाउन महत्वपूर्ण सुझावहरु दिनुभएको थियो ।
राष्ट्रिय बाँस सम्मेलनको तयारीका विषयमा यसभन्दा अगाडि जेठ २६ गते शनिवार काठमाण्डौको मध्यवानेश्वरमा पनि अन्तरकृया कार्यक्रमको आयोजना गरिएको थियो ।
आगामी कार्तिक २,३ र ४ गते दिक्तेलवजारमा आयोजना गरिने राष्ट्रिय बाँस सम्मेलनमा बाँसको क्षेत्रमा शोधकर्ता, अनुसन्धानकर्ता, बाँस व्यवसायी, कृषक तथा बाँसको उध्यमसँग जोडिएका व्यक्तिहरु सहभागी रहने तथा सम्मेलनमा बाँसका विभिन्न प्रजातिहरुको जानकारी, वृक्षारोपण तथा बाँसका सामाग्रीहरुको प्रदर्शनी समेत गरिनेछ । बाँस सम्मेलन तयारी समितिका संयोजक पूर्वमन्त्री गणेश शाहले राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ÷संस्थाका प्रतिनिधिहरु र सरोकारवालाहरुलाई सहभागिताको लागि भूमिका निर्वाह गर्नुहुने जनाइएको छ ।
दिक्तेलमा हुने राष्ट्रिय बाँस सम्मेलनको लागि आयोजक कमिटिको सदस्य सचिवको रुपमा रामहरि गिरीलाई जिम्मेवारी प्रदान गरिएकोे छ ।
[ यो पनि -खोटाङमा प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१ को आयोजना गरिने ]
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !