जेठ १४, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङमा गणतन्त्र दिवशको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १६ औँ गणतन्त्र दिवसको अवशरको पहिलो दिन आज गणतन्त्र दिवस जिल्ला समारोह समिति खोटाङले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको व्यवस्थापनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
जेष्ठ १५ गते गणतन्त्र दिवस मानिए पनि खोटाङमा ३ दिन मनाउने निर्णय अनुसार पहिलो दिन रक्तदान, दोश्रो दिन सरकारी तथा गैरसरकारी कार्यालय परिशर सरसरफाई र तेश्रो दिन गणतन्त्र शिर्षकमा अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेर १६ औं गणतन्त्र दिवश मनार्ईने जनाइएको छ ।
रक्तदान कार्यक्रममा गणतन्त्र दिवस जिल्ला समारोह समिति संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई ले आफ्नो रगत दिएर रक्तदान शुरु गर्नु भएको थियो । रक्तदान कार्यक्रममा २ जना महिला र १४ जना पुरुषहरुले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले जानकारी दिनुभयो । मन्त्रि वजिमय स्वयंले भने गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रममा सहभागी भएसँगै ५२ औँ पटक रक्तदान गरिसक्नु भएको छ । रक्तदानबाट आफूलाई आत्मसन्तुष्टि प्राप्त हुने उहाँ भन्नुुहुन्छ ।
संकलन गरिएको रगत रक्तसञ्चार केन्द्र दिक्तेलमा रहने रेडक्रस शाखाले जनाएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।