जेठ २३, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकामा सञ्चालन गरिएको अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धि घुम्ति शिविरबाट २८१ जना लाभग्राहीले सेवा लिएका छन् । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, साकेला गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय लागत साझेदारीमा साकेला गाउँपालिकाको पाँच वटै वडामा सञ्चालन गरिएको अपाङ्गता रोकथाम तथा पुनस्थापना शिविरमार्फत २८१ जना लाभग्राहीहरुले सेवा लिएका हुन् ।
शिविरका केही झलकहरु
परिचयपत्र प्राप्त गरिसकेका लाभग्राहीको अद्यावधिक र नयाँ लाभग्राही पहिचानका लागि गत जेष्ठ १७ गतेदेखि शिविर सुरु गरिएको थियो । जस अन्तर्गत नयाँ लाभग्राहीको रुपमा ११५ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् भने पुराना १७९ जनालाई प्रतिलिपी जारी गरिएको छ । पालिकाको सबै वडाका लाभग्राहीहरुलाई लक्षित गरि उनिहरुको पायक पर्ने स्थानमा शिविर आयोजना गरिएको थियो ।
शिविर अन्तर्गत वडा नम्बर १ बाँझेच्यानडाँडामा नयाँ लाभग्राही ३९ जना, वडा नम्बर २ रतन्छामा नयाँ लाभग्राही २३ जना, वडा नम्बर ३ खिदिमामा नयाँ लाभग्राही १८ जना, वडा नम्बर ४ मात्तिममा नयाँ लाभग्राही २० जना र वडा नम्बर ५ मा १५ जना नयाँ लाभग्राहीको रुपमा सूचिकृत भई परिचयपत्र प्राप्त गरेका छन् ।
जसअन्तर्गत गाउँपालिकाभित्र (क) वर्गको रातो कार्ड पाउने अपाङ्गता भएका व्यक्तिको संख्या २९ रहेको छ । (ख) वर्गको निलो कार्ड पाउनेहरुको संख्या ६४ जना रहेका छन् । त्यस्तै पहेँलो कार्ड प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिहरुको संख्या ४३ रहेको छ भने सेतो कार्ड पाउनेहरुको संख्या ४१ रहेको बताईएको छ । सरकारले अपाङ्गता भएका (क) र (ख) रातो र निलो कार्ड प्राप्त गर्ने व्यक्तिहरुलाई मात्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । रातो कार्ड प्राप्त गर्ने लाभग्राहीले मासिक रु.३ हजार ९९० र निलो कार्ड प्राप्त गर्ने लाभग्राहीले मासिक रु. २ हजार १२८ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् ।
गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्ति तथा परिवारको लागि गाउँपालिकाको तर्फबाट थप कार्यक्रम बिस्तार गर्दै लगिने साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगर नेपाल र करुणा फाउन्डेशन नेपालको ३५/३५ प्रतिशत तथा साकेला गाउँपालिकाको ३० प्रतिशत लगानीमा साकेला गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनस्थापना सम्बन्धि कार्यक्रम सञ्चालन भईरहेको छ ।
[ यो पनि--अपाङ्गता रोकथाम तथा पुनस्थापना सम्बन्धि शिविर सुरु }
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।