कार्तिक ०१, २०८० , Sakela Gaupalika
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकाले दशैंको मुखमा वडा–वडा पुगेर बैंङ्किङ प्रणाली मार्फत वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता रकम वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो त्रैमासिक बापत वृद्ध–वृद्धाले पाउने भत्ता रकम उक्त गाउँपालिकाले दशै अगाडी नै वितरण सम्पन्न गरेको हो ।
गाउँपालिकामा स्थापना भएको नेपाल एसबिआई बैंक र साकेला गाउँपालिकाले पालिकाको विभिन्न छ वटा स्थानहरुमा भुक्तानी शिविर सञ्चालन गरेको थियो । भौगोलिक विकटता, वृद्धावस्था र शारीरिक अशक्तताका कारण बैंकसम्म आएर आफ्नो भत्ता लिन नसक्ने लाभग्राहीहरुलाई लक्षित गरि सञ्चालन गरिएको शिविरबाट ५३५ जना लाभग्राहीलाई ८० लाख ४७ हजार रकम वितरण गरिएको छ ।
गत असोज २३ गते वडा नम्बर २ रतन्छामा १३० जना लाभग्राहीको लागि १८ लाख ४९ हजार रकम बैंङ्किङ प्रणाली मार्फत वितरण गरिएको छ । त्यस्तै, असोज २४ गते ३ नम्बर वडा कार्यालय खिदिमामा आयोजना गरिएको भुक्तानी शिविरबाट ८२ जना लाभग्राहीले ९ लाख १७ हजार रुपैंया भत्ता बुझेका छन् ।
असोज २५ गते वडा नम्बर ५ मात्तिमबिर्तामा सञ्चालन गरिएको शिविरबाट १०४ जनाले १५ लाख ७५ हजार रकम बुझेका छन् । त्यस्तै असोज २६ गते ४ नम्बर वडा कार्यालयमा सञ्चालित शिविरबाट ४८ जनाले ७ लाख ४९ हजार रकम प्राप्त गरेका छन् । यता पालिकाको सबैभन्दा टाढाको दुरीमा रहेको वडा नम्बर १ को बाँझेच्यानडाँडामा गत सोमबार सञ्चालन गरिएको शिविरबाट ९२ जनाले १७ लाख ७३ हजार र सोही वडाको डाँडागाउँस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा सञ्चालन गरिएको शिविरबाट ७९ जना लाभग्राहीलाई ११ लाख ८४ हजार रुपैंया वितरण गरिएको नेपाल एसबिआई बैंकका शाखा प्रबन्धक मेदानी प्रसाद रिजालले जानकारी दिनुभयो । वृद्ध–वृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि बैंकका प्रबन्धक रिजाल आफै वडा–वडा पुग्नुभएको थियो ।
भौगोलिक कठीनाईका कारण जेष्ठ नागरिक, वृद्धवृद्धा तथा अशक्तहरु गाउँपालिकाको केन्द्रमा रहेको बैंकसम्म पुगेर भत्ता लिन नसक्ने देखिएपछि गाउँपालिकाले वर्षको तीन पटक हरेक वडामा घुम्ती शिविर राखेर भत्ता वितरण गर्दै आएको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले भौगोलिक रुपमा टाढा र अफ्टेरो बाटो धाएर भत्ता थाप्न वृद्ध बावुआमा तथा अशक्त भएका नागरिकहरु नसक्ने भएकाले सहज रुपमा भत्ता उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर राखेर गाउँमै सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिएको बताउनुभयो ।
साकेलाले विगत तीन वर्षअघिदेखि सो भत्ता बैंक मार्फत वितरण गर्न थालेको हो । तर, गाउँपालिकाको केन्द्रमा मात्र रहेको बैंकमा वृद्धवृद्धा र अशक्तहरु आउन नसक्ने देखिएपछि शिविर राखेरै वितरण गर्ने गरिएको अध्यक्ष राईको भनाई छ । टाढाटाढाका वडाबासी जेष्ठ नागरिकहरुलाई बैंकसम्म धाएर भत्ता लिन शारीरिक दुख र झण्झटिलो देखिएपछि लाभग्राहीलाई घरपायकमै सेवा दिने मनसायले शिविर राखेर भत्ता रकम वितरण गरिएको अध्यक्ष राईले बताउनुभयो ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।