जेठ ०९, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकामा राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश शाखा कार्यालय, खोटाङको आयोजनामा ‘शिक्षा र मानव अधिकार’ भन्ने मुल नाराका साथ अनिवार्य निःशुल्क, गुणस्तरीय, आधारभूत शिक्षाको अधिकार सम्बन्धि एकदिने छलफल कार्यक्रम सम्पन्न भएको छ । साकेला गाउँपालिकासँगको समन्वयमा राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश शाखा कार्यालय, खोटाङले पालिका कार्यालयमा जेष्ठ ८ गते अनिवार्य निःशुल्क, गुणस्तरीय, आधारभूत शिक्षाको अधिकार सम्बन्धि छलफल कार्यक्रम आयोजना गरेको हो ।
नेपालको संविधान २०७२ ले नागरिकहरुको मौलिक हक अन्तर्गत शिक्षा सम्बन्धि हकको प्रत्याभूत गरे अनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकको कार्यान्वयन गराउन राज्यको दायित्व रहेको राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश शाखा कार्यालय, खोटाङका उपसचिव गीता दाहाल बताउनुहुन्छ । सोही कुरालाई प्रतिविम्वत हुने गरी साकेला गाउँपालिकामा मंगलवार अनिवार्य निशुल्क गुणस्तरीय आधारभूत शिक्षाको अधिकार सम्बन्धि सराकारवालाहरुसँग एकदिने छलफल कार्यक्रमको आयोजना गरिएको उहाँले खुलाउनुभयो ।
छलफल कार्यक्रममा साकेला गाउँपालिकाभित्रका २८ वटा सामुदायिक बिध्यालयहरुबाट २८ जना प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । यस्तै कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, साकेला गाउँपालिकाका शिक्षा शाखा प्रमुख, आयोगका कर्मचारीहरु, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय अभिभावकहरुको उपस्थिति रहेको थियो ।
मानव अधिकार आयोग, कोशी प्रदेश शाखा कार्यालय, खोटाङको उपसचिव दाहालले कार्यक्रमको उद्धेश्य र औचित्यका बारेमा स्पष्ट पार्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान