जेठ ०५, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरिएको छ । १५ महिनादेखि ५९ महिना मुनीका सबै बालबालिकाले पूर्ण खोप लगाएको र ० देखि १५ महिना सम्मका बालबालिकाहरुले खोप लगाईराखेको सुनिश्चित भएसँगै पालिकालाई आर्थिक वर्ष २०८०/०८१ को लागि पूर्ण खोप सुनिश्चत पालिका घोषणा गरिएको हो ।
शुक्रबार साकेला गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राई, जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन प्रसाद चौलागाई लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा अन्य उपस्थित नागरिकहरुले पूर्ण खोप सुनिश्चितता घोषणा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेपछि औपचारिक रुपमा पालिकालाई पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरिएको हो ।
साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले गाउँपालिकालाई समृद्धिको गन्तव्यतर्फ लैजान पूर्ण खोप अभियान महत्वपूर्ण सूचक भएको बताउनुभयो । जिल्लाको दश स्थानीय तहमध्ये सबैभन्दा पहिला साकेलालाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुहुँदै अध्यक्ष राईले यस कार्यका लागि अहोरात्र खट्ने सम्पूर्ण स्वास्थ्यकर्मी र सरोकारवाला व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । आगामी दिनमा नागरिकको स्वास्थ्यप्रति संवेदनशिल भएर निरन्तर सेवामा लाग्न स्वास्थ्यकर्मीहरुलाई अध्यक्ष राईले आग्रह गर्नुभयो । उहाँले साकेला गाउँपालिकाले सजाएको समृद्धिको गन्तव्यमा पुग्नका लागि विभिन्न नीति निर्माण गरिसकेको र बनाएका नीतिलाई विधिभित्र हुलेर अरुभन्दा पृथक तरिकाबाट यहाँको शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक विकास लगायतको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘हामी हरेक काम गर्नुपर्दा सरकारको मुख ताक्छौं तर आफूले कहिल्यै गर्दैनौं । सरकारले गरेको कामलाई मनैदेखि लागेर सहयोग गरेमात्र विकास र समृद्धि पाउँन सकिन्छ ।’ अध्यक्ष राईले थप्नुभयो–‘साकेला गाउँपालिकाले भईरहेका विकासको क्षेत्रमा आवश्यकता र अपरिहार्यतालाई पहिचान गरि कुनै प्रकारको सौदा नगरि सबैलाई समान व्यवहारका साथ संवेदनशिल बनेर काम गरिरहेको कुरा प्रष्ट पार्दछौँ ।’
जिल्ला समन्वय समितिका संयोजक सन बहादुर राईले साकेला गाउँपालिका पूर्ण खोपलाई दिगो रुपमा अगाडि बढाउने कार्यका लागि प्रथम भएकोमा बधाई ज्ञापन गर्नुभयो । जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन प्रसाद चौलागाईले पालिकाको पाँच वटै वडाका सम्पूर्ण बालबालिकाहरुलाई सरकारले तोकेको मापदण्ड बमोजिमको सम्पूर्ण खोप लगाएपछि साकेलालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सफल भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
पूर्ण खोप कार्यक्रम नेपाल सरकारको प्राथमिकताको कार्यक्रम हो । यसलाई जन स्वास्थ्यको सफल मध्ये प्रमुख कार्यक्रमको रुपमा इंगित गरिन्छ । स्वास्थ्य क्षेत्रमा सवै भन्दा लागत प्रभावकारी र बाल मृत्युदर घटाउन प्रमुख भूमिका रहेको कार्यक्रमको रुपमा खोप कार्यक्रमलाई लिने गरिएको छ । यसमा १३ वटा सरुवा रोगहरु (क्षयरोग, रोटा, पोलियोमाइलाईटिस, न्यूमोनिया, मेनिन्जाईटीस, भ्यागुतेरोग, लहरेखोकी, धनुष्टंकार, जापानिज ईन्सेफालाईटिस, दादुरा, रुबेला र जापानिज इन्सेफलाइटिस,टाइफाइड) बिरुद्दका खोपहरु दिईन्छ ।
कार्यक्रममा पूर्व गाउँपालिका उपाध्यक्ष सरिता खड्का, वडाध्यक्षहरु हेमन राई, गोविन्द तामाङ, नेकपा एमाले प्रदेश कमिटीका सदस्य दूधराज तामाङ, सरस्वती मावि मात्तिमका प्रधानाध्यापक सितल राई, साकेला आधारभूत अस्पतालका डाक्टर किसन घिमिरे लगायतले साकेला गाउँपालिका पूर्णखोप सुनिश्चित भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !