असार ०५, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा ब्रिटिश गोर्खा वेलफेयरको सहयोगमा सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएको छ । गाउँपालिकाको मात्तिमबिर्तास्थित करीव तीन सय विद्यार्थी अध्ययनरतः सरस्वती माविमा दुई करोडभन्दा बढी लगानीमा बालबालिकामैत्री, अपाङ्गतामैत्री एकैसाथ दुई वटा भवन, व्यवस्थित शौचालय तथा खानेपानी सुविधा सहितको संरचना निर्माण गरिएको हो ।
गोर्खा वेल्फेयर ट्रष्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवं विद्यालय र समुदायको सहभागितामा सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । सरस्वती माविका लागि रु.२ करोड ६५ लाख ९२ हजारको लागतमा एउटा आठ कोठे र एउटा चार कोठे भवन निर्माण गरिएको हो । ६ महिनामै निर्माण गरिएको भवन असार ४ गते गोर्खा वेल्फेयर ट्रष्टले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
नवनिर्मित भवन गोर्खा वेल्फेयर ट्रष्ट नेपाल एरिया वेल्फेयर सेन्टर, दिक्तेलका एरिया वेलफेयर अफिसर चित्रबहादुर गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार राईलाई हस्तान्तरण गर्नुभएको हो । गाउँपालिका अध्यक्ष रबिप्रकाश राई, उपाध्यक्ष बिर्सिका राई र वडा नं. ५ का वडाध्यक्ष तथा साकेला गाउँपालिका सरकारका प्रवक्ता जीवन खत्रीको रोहवरमा भवन हस्तान्तरण गरिएको हो ।
गोर्खा वेल्फेयर ट्रष्टले इंटा र सिमेन्टको गारोले बनेको, फलामको ट्रसमा जस्तापाताको छाना, प्लाइउडको फल्स सिलिङ, काठको झ्यालढोका हालिएको दुई तले दुई वटा भवन निर्माण गरिदिएको हो । भवन निर्माणका क्रममा गोर्खा वेल्फेयर ट्रष्टको २ करोड ३५ लाख ४४ हजार ३३३ र विद्यालयकातर्फबाट ३० लाख ४७ हजार ७१६ खर्च गरिएको छ ।
देशभरीमा पाँच वटा आयोजनाहरु छनौट भएकोमा साकेला गाउँपालिकामा यो विद्यालयको भवन स्विकृत भै निर्माण सम्पन्न भएको हो । लामो समयसम्म ब्रिटिश आर्मीमा कार्यरत रहेर सेवा निवृत्त भई ब्रिगेड गोर्खाकै ईतिहाँसमा पहिलो पल्ट स्थानीय तहको नेतृत्व सम्हालिरहनु भएका गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको पहलमा उक्त आयोजना मार्फत सो विद्यालय छनौटमा परेको थियो ।
दुई सय नौ वर्षभन्दा पुरानो इतिहास बोकेको ब्रिटिश गोर्खामा आफूले समेत रगत र पसिना बगाएको स्मरण गर्नुहुँदै अध्यक्ष राईले आफू पहिलो पल्ट निर्वाचित भएको ठाउँमा सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना उपलब्ध गराएको प्रति ब्रिटिश गोर्खा वेलफेयर, सिंगो गोर्खा वेलफेयर ट्रष्ट र भवन निर्माणको लागि पहल कदमी गर्नुहुने सम्पूर्ण व्यक्तित्वलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
ब्रिटिश गोर्खा वेलफेयरबाट प्राप्त अनुदान सहयोगमा व्यवस्थित, सुविधायुक्त र पर्याप्त कक्षाकोठा सहितको विद्यालयको भवन निर्माण हुनु गाउँपालिकाको समग्र शैक्षिक क्षेत्रमा कोशढुंगा सावित हुने अध्यक्ष राईको कथन छ ।
भवनसँगै आठ कोठे शौचालय, खानेपानी ट्यांकी, घेराबारा, चार कोठामा वालमैत्री फर्निचर, भित्तेलेखन तथा कार्पेटिङ, वालमैत्री धारा लगायतका संरचना निर्माण गरिएको छ । गोर्खा वेल्फेयर ट्रष्टले विद्यालयलाई फलामको ४० जोर डेस्कबेञ्च पनि उपलव्ध गराएको छ । गोर्खा वेल्फेयर ट्रष्टले सोही विद्यालयमा पहार ट्रष्ट नेपालसँगको सहकार्यमा लाइब्रेरी प्रोग्राम सञ्चालन गर्ने प्रधनााध्यापक सितल राईले बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !