असार ११, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित अस्पतालचोकबाट लफ्याङ हुँदै साप्सुखोला भएर मात्तिम जाने सडकखण्ड निर्माण व्यवसायीका लापार्वाहीका कारण अलपत्र रहँदा यात्रीहरुले नियमित यातायात आवागमनमा समस्या र सास्ती झेल्दै आएको हुँदा साकेला गाउँपालिकाबासीले जनश्रमदान जुटाएर सडकको अप्ठेरो ठाउँहरुमा मर्मत गरेका छन् । साकेला भन्दा फरक स्थानीय तह भए पनि साकेलावासीको मूख्य आवागमनको सडक पर्ने भएकोले आषाढ ११ गते मंगलबार १५० जनाभन्दा बढी साकेला गाउँपालिकाबासी नागरिकहरुले छिमेकी स्थानीयतह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ स्थित लफ्याङ क्षेत्रको उक्त सडकखण्डमा पुगेर श्रमदान मार्फत मर्मत गरेका हुन् ।
श्रमदानका केही झलकहरु
दिक्तेलबजारबाट साप्सुखोला हुँदै साकेला गाउँपालिकाको मानेभञ्ज्याङ–पाँचधारे तथा दिप्रुङ चुईचुम्मा हुँदै तराईका जिल्लासम्म जोड्ने सो सडक खण्ड अन्तर्गत लफ्याङ क्षेत्रको सडक वर्षादको समयमा हिलोका कारण गाडि फस्ने, चिप्लने, भासिने समस्या व्यहोर्दै यात्रुहरुले सास्ती र समस्या झेल्दै आएका छन् ।
वर्षाद शुरु भैसकेको र सडकको अवस्था झन कस्टप्रद बन्दै गएको अवस्थामा गाउँपालिका प्रमुख रविप्रकाश राईको नेतृत्वमा उपाध्यक्ष बिर्सिका राई, प्रवक्ता जीवन न्यौपाने खत्री, वडाध्यक्ष गोविन्द तामाङ लगायत निर्वाचित जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, नेपाल प्रहरी, कर्मचारी, स्थानीय व्यापार व्यवसायी, नागरिक समाज तथा स्थानीय नागरिकहरु जनश्रमदानमा सहभागि भएका थिए । जेसिवी, ट्रक, ट्याक्टर तथा अन्य हाते औजार सहित आएको टोलीले छाप्रीडाँडा, दुवेक्षेत्र लगायतका स्थानमा श्रमदान गरि बाटो बनाएका थिए ।
निर्माण व्यवसायीको चरम लापरवाहीका कारण सो सडक समयमै निर्माण सम्पन्न नहुँदा साकेला गाउँपालिका सम्म खाद्यन्न लगायतका विभिन्न समाग्री ढुवानी गर्न समस्या भएको छ भने गम्भीर प्रकृतिका बिरामीहरुलाई उपचारका लागि लानलैजान समस्या हुँदै आएको छ । सो क्षेत्रमा बर्षेनी यात्रा गर्ने यात्रुहरुले हिलो र धुलोको सामना गर्दै आउनु परेको छ ।
साकेला गाउँपालिका अध्यक्ष राई भन्नुहुन्छ-‘जनश्रमदान मार्फत निर्माण गरिएको सडकले केही दिन भए पनि सहज यात्रा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले दिक्तेल साप्सुखोला करीव दश किलोमिटर यस सडकलाई असार अगावै नगरपालिकाले मर्मत गरेर यातायात सहज रुपमा सञ्चालन हुने वातावरण तयार गर्ने प्रतिवद्धता जनाउनुभयो । ‘हामीसँग भएको श्रोत र साधनलाई प्रयोग गरेर असार मसान्तभित्रै यो सडकमा सहज रुपमा यातायात सञ्चालन हुने वातावरण तयार गर्नेछौं तपाईहरु ढुक्क हुनुहोस’-उपमेयर राईले बताउनुभयो । हाम्रो क्षेत्रमा पर्ने यस सडकलाई हामीले नै निर्माण गर्नुपर्ने हो तर सिमित श्रोत र साधनको कारण यो सडक निर्माणमा पछि परेको उल्लेख गर्नुहुँदै उहाँले यस वर्ष ढुक्कका साथ सहज यात्रा गर्ने वातावरण तयार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
आर्थिक वर्ष २०८०/८१ मा सरकारबाट वजेट विनियोजन नहुँदा रणनीतिक रुपमा महत्वपूर्ण ठानिएको उक्त सडकखण्डको भविष्य समेत अन्योलपूर्ण बनेको थियो ।
यस सम्बन्धमा नगरप्रमुख तीर्थराज भट्टराई भन्नुहुन्छ–‘सबैको प्रयत्नबाट आगामी आर्थिक वर्षमा सरकारले यो सडक खण्डका लागि पनि वजेट विनियोजन गरेको छ । अब कुनै पनि हालतमा यो सडकले पूर्णता पाउनेछ र सदाको लागि यात्रुहरुले भोग्नुपर्ने यहाँको समस्याबाट मुक्त गराउनेछौँ ।’
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !