फागुन २८, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे निवासी हाल उदयपुर जिल्ला त्रियुगा नगरपालिकामा रहदै आउनु भएका प्रजातान्त्रिक शेनानी शताव्दी पुरुष तुलसी प्रसाद रेग्मीको निधन भएको छ । विक्रम सम्वत १९८२ साल श्रावण १५ गते पिता मित्रलाल उपाध्याय रेग्मी तथा माता देवकादेवी रेग्मीको कोखबाट कान्छो छोराको रुपमा जन्मिनु भएका तुलसीप्रसाद रेग्मीको केही समय देखि अस्वस्थ्य भै उपचार गराइरहनु भएको अवस्थामा फागुन २७ गते उदयपुर गाईघाट नजिक आफ्नै निवासमा निधन भएको उहाँका जेष्ठ सुपुत्र नगेन्द्रराज रेग्मीले हलेसी एफएमलाई बताउनुभयो ।
२०११ सालमा खोटाङमा आफ्नो पिताजीसँगै हलो जोतेर सामाजिक क्रान्ति गर्नुहुने स्वर्गीय रेग्मी प्रजातन्त्र प्राप्तिका विविध संघर्षको मोर्चामा उभिनु भयो ।
खोटाङको सञ्चार क्षेत्रमा उहाँले २०३० साल देखि २०३६ सालसम्म राष्ट्रिय समाचार समितिको खोटाङ प्रतिनिधि भएर काम गर्दा गर्दै २०३६ सालमा जनमत संग्रहको घोषणा पछि बहुदलको प्रचार गरेको भन्दै उहाँलाई रासस प्रतिनिधिबाट निष्काशन गरिएको थियो । प्रजातन्त्रका लागि लामो कारावास भोगेर कैदमुक्त हुनुभएका काका धनवर्ण राईको अध्यक्षतामा २०३६ सालमा प्रनेकाका कावा सभापति कृष्णप्रसाद भट्टाराईद्धारा नेपाली कांग्रेस खोटाङको पहिलो पटक गठन गरिदा रेग्मी पनि जिल्ला सदस्यमा मनोनित हुनुभएको थियो ।
प्रजातन्त्र प्राप्तिपछि पहिलो पटक २०४९ सालमा जिल्ला विकास समिति खोटाङको जननिर्वाचित जिल्ला सदस्य भएर काम गर्नुभएको थियो । त्यही वेला जिल्ला विकास समितिद्धारा त्रैमासिक रुपमा प्रकाशन हुने ट्याम्के (विकास गतिविधिमूलक) पत्रिकाको सम्पादक भएर पनि काम गर्नुभएको थियो ।
खोज तथा अनुसन्धानमूलक कृति लेखनमा पनि उहाँको उतिकै दखल थियो । विभिन्न कालखण्डमा उहाँले उदयपुर जिल्ला परिचय, माझी जनजाती एक परिचय, बादल भित्रका ताराहरु जस्ता गहन कृतिको सिर्जना गर्नुभयो ।
२०७२ सालमा तत्कालिन प्रधानमन्त्रि सुशिल कोइरालाबाट प्रजातान्त्रिक शेनानीको सम्मान प्राप्त गर्नुभयो । त्यस्तै रामप्रसाद राई फाउण्डेशनका तर्फबाट प्रजातान्त्रिक शेनानीको सम्मानपत्र तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बाहुलीबाट प्राप्त गर्नुभएको थियो ।
जीवनको उत्तराद्र्धमा पनि समयको पदचापलाई बुझ्ने उत्कट चाहना मनमा साँचिरहेका स्वर्गीय रेग्मी पछिल्ला पुस्ताका लागि सदैव प्रेरणा पुन्जका रुपमा रहिरहनु भयो । जो कोहीलाई सत्य र निष्ठाका लागि अडिग रहन र कहिल्यै निराश नहुन हौसला दिइरहनुहुन्थ्यो ।
काठमाण्डौँ सिनामंगल स्थित नोवल हस्पिटको शघन उपचार कक्षमा उपचाररत रहँदा उहाँलाई भेट्न आउने शुभेच्छकहरुलाई कष्टको क्षणमा पनि मुसुक्क मुस्कुराउँदै उनीहरुको कुशल मंगलका बारेमा सोध्नुहुन्थ्यो । सगरमाथा झैँ अटल आत्मविश्वास र अगाध आत्मस्वाभिमानका धनि स्वर्गीय तुलसी प्रसाद रेग्मीको शताव्दी लामो आयुको समापन सँगै एउटा सिंगो युग ढल्न पुगेको छ । उहाँको भौतिक अवसानसँगै एउटा युगको सभ्यता र सँस्कृतिको पटाक्षेप हुन पुगेको छ । अब उहाँद्धारा सिर्जना गरिएको कृतिहरुले त्यो कालखण्डको मौन प्रतिनिधित्व गर्ने विश्वासमा उहाँप्रति भावपूण श्रद्धान्जली अर्पण गर्दछौँ ।
यसो त उहाँको बाँकी सपना र सोँचलाई पुरा गराउने ध्येयले उहाँकै जीवन कालमा परिवारका सदस्यहरुबाट ‘तुलसी—मन प्रतिष्ठान २०८१’ स्थापना गरिएको सुपुत्र नगेन्द्र राज रेग्मीबाट थाहा भयोे । निःसन्देह यो प्रतिष्ठानको सकृयतासँगै तुलसीबाको अनन्त सपनाहरु मुस्कुराउनेछन ।
हाल उहाँकी धर्मपत्नि मनकुमारी रेग्मी र सुपुत्रहरु साहित्यकार नगेन्द्रराज रेग्मी, महेश रेग्मी, रमेश रेग्मी तथा सात छोरीहरु हुनुहुन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !