जेठ ३०, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङ दोर्पाका किसानहरु बाँदरको ज्यादतीबाट हैरान भएका छन् । खेतमा रोपेर दाना लागेका मकैका घोगा हजारिया बाँदरले खाएर सिँगो खेत नै रित्तो बनाइदिए पछि दोर्पाका किसानहरु हैरान बन्न पुगेका हुन ।
दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. ७ दोर्पा पिप्लेगाउँकी ७५ वर्षीया सरस्वता वुढाथोकी खेतमा घोगा नभएका रित्ता मकैको वोट समातेर रुँदै आफ्नो व्यथा हलेसी एफएमलाई सुनाउनुभयो । उहाँको रोदनमिश्रित गुनासो थियो-वर्षेनी कसरी सक्नु । रोपेर मुखमा लाउने वेलाको अन्नवाली सधै बाँदरले गर्दा घरमा भित्र्याउन पाइन्न । हाम्रो दुख कष्ट कस्ले सुनिदिने !
सोमवार र मंगलवार दोर्पा पिप्ले बुढाथोकी गाउँको सेराखेत देखि लुभु खेत सम्मका सबै मकै बाँदरले सखाप बनाएको स्थानीय पदम हिङमाङले बताउनुभयो । दोर्पा पिप्ले गाउँका वीरबहादुर बुढाथोकी, गोरेबहादुर वुढाथोकी, कटकबहादुर बुढाथोकी, हरि बुढाथोकी, जीतबहादुर बुढाथोकी, भिम बुढाथोकी, कमला बुढाथोकी र सरस्वता वुढाथोकीको खेतमा रोपिएका मकै बाँदरले खादा करिव १२ मुरी मकै क्षति हुन गएको हिङमाङ बताउनुहुन्छ ।
दोर्पा माथाटोल र मार्सेमा मकै छरेर उम्रिदै गरेको विरुवा नै बाँदरले खाइदिँदा अहिले सिँगो खेत बाँझो बन्न पुगेको छ ।
हरेक वर्ष वाँदरको ज्यादतीका वारेमा स्थानीय सरकार, स्थानीय प्रशासन र केन्द्रका जनप्रतिनिधिहरु समक्ष गुनासो गरिरहे पनि केही सहयोग नपाएको वीरबहादुर वुढाथाकी सुनाउनुहुन्छ ।
बाँदरको आतंकबाट आजित बनेर केही छिमेकीहरु वसाइ लागेका समेत उहाँको कथन छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।