जेठ २१, २०८० , Jantedhunga Gaunpalika
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले उभौली साकेन्वा छोङ्खा पुजाको अवसरमा पालिकामा एक दिन स्थानीय पर्व विदा दिने निर्णय गरेको छ । सम्पूर्ण किराँत राई समुदायकै पुरानो र जेठो साकेन्वा मानिने ऐतिहासिक छोङ्खा साकेन्वा किराँत राईहरुको मात्र नभई अन्य जातजाती र धर्मावलम्वीहरुको पनि आस्था र विस्वासको प्रतिकका रुपमा मानिदै आएको साकेन्वा छोङ्खा पुजाको अवसरमा जेष्ठ २२ गते सोमवारका दिन पालिकाभरी स्थानीय पर्वका रुपमा विदा दिने निर्णय गरिएको हो ।
किराँत छोङ्खा साकेन्वाको सम्बन्धमा छुट्टै किराँत मिथक सुन्न पाइन्छ । आदिम कालदेखि नै छोङ्खा साकेन्वाको पवित्र स्थान डमर्खुशिवालयमा रहेको किराँत मान्यता छ । परापूर्व कालदेखि नै जन्तेढुङ्गा गाउँपालिका वडा नं. ४ डमर्खुशिवालयमा वर्षको दुई पटक किराँत सँस्कृति अनुसार छोङ्खा साकेन्वा पुजा गरिने परम्परा छ । किराँत विजुवाहरुले मुन्द्धुमी रिसिया गाउँदै जेष्ठ महिनामा उभौली र मंसिर महिनामा उधौली छोङ्खा साकेन्वा पुजा गर्दछन् ।
यो वर्ष जेष्ठ २२ गते सोमवार उक्त वडामा उभौली छोङ्खा साकेन्वा पुजाको तिथी परेको हुँदा उक्त अवसरमा पालिकाले स्थानीय विदा घोषित गरेको हो । उक्त दिन गाउँपालिकाको कार्यालय र मातहतका सबै कार्यालयमा सार्वजनिक विदा दिइने पालिका अध्यक्ष अरुणादेवी राईले जानकारी दिनुभएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।