चैत्र ३०, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको साकेला गाउँपालिकामा निर्माण भईरहेका विभिन्न योजनाहरुको कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले अवलोकन/अनुगमन गर्नुभएको छ । पार्टी कामको सिलसिलामा खोटाङ आउनुभएको अवसरमा विहीवार साकेला गाउँपालिकाका जनप्रतिनिधिहरुसँग भेटघाट गरी त्यहाँ भैरहेका विकास निर्माणको समेत अनुगमन गर्नुभएको हो ।
पूर्वमुख्यमन्त्रि राई साकेला गाउँपालिकामा आउनुहुँदा पालिका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राई लगायत निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुले उहाँलाई स्वागत गर्नुभएपश्चात निर्माणाधिन प्रशासकीय भवन, मानेभञ्ज्याङ पार्क लगायतका योजनाहरुको राईले प्रत्यक्ष अनुगमन गर्नुभएको थियो । छोटो अवलोकन/अनुगमनका क्रममा साकेलामा भैरहेको विकास निर्माणका कामहरुबाट आफू प्रभावित भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो–‘साकेला गाउँपालिकाले गरिरहेको विकासका कामहरु देशकै नमूना बन्नसक्ने महसुस भयो ।’
पूर्वमुख्यमन्त्री शेरधन राई साकेला गाउँपालिकामा केही क्षण बिताउनुहुँदा
p
नेपाल सरकारको सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी समेत सम्हालिसक्नु भएका नेकपा एमाले स्थायी कमिटी सदस्य राईले साकेला गाउँपालिकाभित्र सञ्चालन भईरहेका योजना तथा परियोजनाहरु नमूना तरिकाबाट निर्माण भईरहेको पाएको बताउनुभयो । सो क्रममा बोल्नुहुँदै राईले साप्सुखोला–मात्तिम–मानेभञ्ज्याङ–पाँचधारे सडक आफू मुख्यमन्त्री हुँदा नै प्रदेश सरकारबाट वजेट विनियोजन गरेको बताउनुहुँदै सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘अब यो सडकलाई कालोपत्रे गर्ने गरि योजना उपलब्ध गराउन पहल गर्नेछु ।’ करिव ३० किलोमिटर लामो उक्त सडक कालोपत्रे भए दिक्तेल–भोजपुर र तराईका जिल्ला सम्म सहज यातायातको पहुँच विस्तार हुनेछ ।
त्यस्तै साकेला गाउँपालिकाले गौरवको योजनाको रुपमा राखेको तावाभञ्ज्याङ क्षेत्रमा निर्माण हुने तावाताल, साँस्कृतिक बस्ति र किराँत, वौद्ध र हिन्दुहरुको धार्मिक पार्क साकेला गाउँपालिकाको मात्र नभएर देशको उत्कृष्ट योजना भएकाले सो योजना जसरी पनि सुरुवात गरेर सम्पन्न गर्नुपर्ने पूर्व मुख्यमन्त्री राईले जीकिर गर्नुभयो । गाउँपालिकाले सजाएको समृद्धिको सपना सोही स्थानमा बन्ने संरचनाहरुले पुरा गर्ने बताउँदै उहाँले सो योजना कार्यान्वयनमा लैजान आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । साकेला गाउँपालिकाले अघि सारेको महत्वकांक्षि योजनाहरु सम्पन्न गर्न संघ तथा प्रदेश सरकारसमक्ष पहल गरिदिने आश्वासन राईले दिनुभएको छ । उहाँले साकेला गाउँपालिकाले आवधिक योजना बनाएर काम सुरु गरेकोमा धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
यसैबीच, साकेला गाउँपालिकाले बनाएको आवधिक योजना अनुसार अघि बढाउनुपर्ने भौतिक विकास, पर्यटन, खानेपानी, कृषि, सरसफाई लगायतका विभिन्न योजना कार्यान्वन गरि बजेट व्यवस्थापन गरिदिन गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले अनुरोध गर्नुभएको छ । विभिन्न मन्त्रालय तथा विभागद्धारा कार्यान्वयन हुने बजेटको लागि अध्यक्ष राईले पूर्वमुख्यमन्त्री राईसमक्ष मागपत्र पेश गर्नुभएको छ । गाउँपालिकाले पेश गरेको मागपत्रको बारेमा आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापनको लागि पहल गरिदिने पूर्वमुख्यमन्त्री राईले आश्वासन दिनुभएको छ ।
[ यो पनि-अपाङ्गता रोकथाम र पुनःस्थापना सम्बन्धि अभिमुखिकरण सम्पन्न }
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !