मंसिर ०८, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लामा विध्युत शर्ट हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं. १ फेदी सुम्देका घ्वजमान राईको घर आज शनिवार विहान अन्दाजी ११.३० वजे आगलागीबाट जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी मोहन पोखरेलले जानकारी दिनुभएको छ ।
विध्युत शर्ट भएर राईको ढुङ्गा माटो र काठले बनेको टिनको छानो भएको दुई तल्ले घरमा अचानक आगलागी हुँदा घरमा रहेको टि.भि थान–१, सुनको औंठी थान–१, नगद रु.६ हजार, लत्ताकपडा, भाडाबर्तन, अन्नपात गरी रु.७ लाख १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।
सप्तरी जिल्ला अन्तर्गत डाक्नेश्वरी न.पा. वडा नं. ८ घर भै हाल उक्त घरमा डेरा लिएर स्थानीय गैरी पञ्चकन्या आधारभुत बिध्यालयमा पढाउने शिक्षिका बर्ष ३५ की गीता चौधरीले आगो निभाउने क्रममा आगोले पोली अनुहार, टाउकोको पछाडि तथा शरीरको बिभिन्न भागमा जल्न पुग्दा गम्भिर घाईते हुनु भएको थाहा भएको छ । घार्ईते चौधरीलार्ई तत्काल जिल्ला अस्पताल खोटाङ ल्याइएको प्रहरीले बताएको छ । आगलागीबाट गीता चौधरीको मोबाईल सेट १ थान, ल्यापटप १ थान, लत्ताकपडा, कागजपत्र, भाडाबर्तन जलेर नष्ट भएको जनाइएको छ ।
उक्त घरका अन्य ५ जना परिवारलाई केही नभएको घरको बरण्डा र भित्री भागको आदी भाग जलि नस्ट भएको सूचना अधिकारी पोखरेलले बताउनु भएको छ ।
राईको घरमा आगलागी भइरहेको जानकारी पाए लगत्तै नजिकै रहेको प्रहरी चौकी खार्ताम्छाबाट प्रहरी टोली घटनास्थलमा पुगी स्थानीयबासीहरुको सहयोगमा दिउसो अन्दाजी २ः ३० बजे आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङले बताएको छ ।
[यो पनि--डुम्रेधारापानीका अग्निपीडित भुजेल परिवारलाई राहत प्रदान ]
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।