आश्विन ०२, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङमा तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस आजबाट मनाउन शुरु गरिएको छ । भाद्र ३० गते जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षतामा बसेको बैठकले अशोज २, ३ र ४ गते विविध कार्यक्रम गरी दशौँ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने निर्णय भए अनुसार आज अशोज २ गते पहिलो दिन विविध कार्यक्रमका साथ दिवस मनाइएको हो ।
आज विहान ८ वजे दिक्तेलवजार भानुचोक स्थित आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरी त्यस वरिपरि सरसफाई गरिएको छ । सो अवसरमा जिल्ला समन्वय समितिको प्रमुख एवं संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति खोटाङका संयोजक सनबहादुर राईले आदिकवि भानुको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो । आजै विहान सदरमुकाम दिक्तेलवजारको वीचमा रहेको कर्ममन्दिर परिसरमा समेत सरसफाई गरिएको थियो ।
आजै विहान ११ वजेदेखि जिल्ला कारागार खोटाङका कैदीवन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । संविधान दिवसको अवसरमा कारागारभित्र रहेका ११७ जना पुरुष कैदी, ३ जना महिला कैदी र ४३ जना पुरुष बन्दि गरी कूल १६३ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।
जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेण्डेण्ट मेडिकल अधिकृत रुपेश संग्रौलासहितको डाक्टरको टोली, स्वास्थ्य कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेका थिए ।
संविधान दिवसको मुख्य दिन असोज ३ गते पत्रकार महासंघको संयोजकत्वमा संविधान दिवस विषयमा परिसम्वाद कार्यक्रम, महिला म्युजिकल चियर तथा जिल्लास्तरी महिलाहरुको खुला बक्तृत्वकलाका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम राखिएको छ ।
अशोज ४ गते सम्म विविध कार्यक्रमका साथ दशौँ संविधान दिवस मनाइने जनाइएको छ ।
२०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ लाई हस्ताक्षर गरी अनुमोदन गरेसँगै प्रत्यक वर्ष सो दिन संविधान दिवसका रुपमा मनाउने गरिन्छ ।
[यो पनि-जिल्लामा आजदेखि विविध कार्यक्रमकासाथ दशौँ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइदै ]
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।