पौष २८, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङका साहित्यकार टंक भट्टराईको नवीन उपन्यास ठाँटीको घाम सम्बन्धि अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय वाङमय कला प्रतिष्ठानका अध्यक्ष विष्णु आभूषणको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा आज दिक्तेलवजार स्थित शुभदिन होटलको सभाहलमा ठाँटीको घाम उपन्यासको अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको हो ।
हाल ताप्लेजुङ जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाली रहनु भएका साहित्यकार भट्टराईको जन्म खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ४ खाल्लेमा विक्रम सम्वत २०२७ साल असोज १४ गते भएको हो । सानै उमेरदेखि साहित्य सिर्जनामा लाग्नुभएका भट्रराईका अघिल्ला कृतिहरु साँझमा पहिलो तारा (कविता संग्रह), म पनि बग्दैछु साप्सु (कथा संग्रह) यस अगाडि नै प्रकाशित भैसकेकाछन् ।
आज भएको अन्तरकृयात्मक कार्यक्रममा उपन्यास ठाँटीको घामका सम्बन्धमा वरिष्ठ पत्रकार एवं अग्रज स्रष्टा कृष्ण आचार्यले पुस्तक समिक्षा गर्नुभएको थियो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि डा. धनप्रसाद सुवेदी, दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख एवं सर्जक तीर्थराज भाषित, खोटाङका निमित्त प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, सर्जक टंक थापा, राजनीतिककर्मी प्रकाश श्रेष्ठ, शिक्षाविद धनिराम राई, नेपाल पत्रकार महासंघका अध्यक्ष दिलिप खत्री लगायतले बधाई तथा शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा सहभागी सबैलाई सर्जक रेखा राई क्षितिजले स्वागत मन्तव्य द्वारा स्वागत गर्नुभएको थियो भने सर्जक कविहरु चित्र सुवेदी, अनिता प्रकृति, रेखा राई क्षितिज, धनिराम राई, अटल क्रन्तिकारीले विविध कविता तथा सिर्जनाहरु सुनाउनुभएको थियो । सर्जक तथा उपन्यासकार टंक भट्टराईले उपन्यास लेखनका अनुभवहरु सुनाउनुभएको थियो ।
कार्यक्रमको सहजिकरण सर्जक ओमप्रकाश घिमिरे(अटल क्रान्तिकारी) ले गर्नुभएको थियो । अन्तमा सर्जकलाई बधाई दिदै कार्यक्रमका अध्यक्ष विष्णु आभूषणले कार्यक्रम समापन गर्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !