असार १९, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले ट्राफिक सप्ताह-२०८० को उद्घाटन गरेको छ । बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले आज आषाढ १९ गते जिल्ला समन्वय समिति खोटाङको सभहलमा ट्राफिक सप्ताह-२०८० को उद्घाटन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
‘‘दुर्घटनाबाट आफू पनि बचौँ अरुलार्ई पनि बचाऔँ, सडकमा ध्यान केद्रित गरी सवारी साधान चलाऔँ, सडक सबैको साझा हो, अरुको अधिकार पनि ख्याल राखौँ, सडक पेटी नभएको सडकमा सडकको दाहिने किनार बाट मात्र हिडौँ, ट्राफिक नियमको पालना, सभ्य समाजको सिर्जना’’भन्ने नाराका साथ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीको आयोजनामा ट्राफिक सप्ताह -२०८० मनार्ईएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयोे ।
सडक सुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग तथा सहकार्यमा असार १९ गतेदेखि २५ गते सम्म एक हप्ता ट्राफिक सप्ताह मनाइने जनाइएको छ । कोशी प्रदेशका १४ वटै जिल्लामा एकैसाथ कार्यक्रम सुरु भएको प्रहरी कार्यालय श्रोतले जनाएको छ ।
आज दिउँसो सचेतना मुलक कार्यक्रम अन्तर्गत नेपाल प्रहरीका चालकहरु लार्ई पनि प्रशिक्षण हुने भएको छ । दिक्तेल बजारकै सडकमा मोटरसाईकल चालक , सुमो चालक, अटो, बस चालक अन्य सबै खाले सवारी साधन चालकहरुलार्ई प्रशिक्षण गरार्ईने भएको छ, ।
आज भएको सप्ताहव्यापी कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर रार्ई, दिक्तेल रुपाकोट मझवागढी नगरपालिका नगरप्रमुख तीर्थराज भट्टरार्ई, , प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, नगर उपप्रमुख विसन रार्ई, यातायात ब्यवसायी सघंका पदाधिकारी, दिक्तेल उध्योग वाणिज्य संघका पदाधिकारी, यातायात व्यवसायी, बिध्यार्थी लगायतको सहभागिता रहेको थियो ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।