मंसिर २३, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको जन्तेढुंगा गाउँपालिकास्थित चिसापानीबजारमा “मुन्दुम सँस्कृति र यसको सिकाई’’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । किरात मुन्दुम अध्ययन केन्द्रको आयोजना तथा जन्तेढुङ्गा गाउँपालिकाको प्रायोजनमा मंसिर २२ गते “मुन्दुम सँस्कृति र यसको सिकाई’’ शिर्षकमा गाउँपालिकाको सभाहलमा एकदिने बिचार गोष्ठी सम्पन्न भएको हो ।
जन्तेढुंगा गाउँपालिका वडा नं. ६ दिप्लुङका वडाध्यक्ष सागर राईको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष अरुणादेवी राईको प्रमुख आतिथ्यतामा भएको विचार गोष्ठीमा डाक्टर शान्तिदेवी राईले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । मुन्दुम सँस्कृतिको उद्भव र विकास, प्रकृतिसँगको यसको तादाम्यता र यसलाई कसरी मुन्दुमी जीवनमा कृयान्वयन गर्ने भन्ने मुल भाव कार्यपत्रले प्रस्तुत गरेको जनाइएको छ ।
उक्त कार्यपत्रमाथि उठेका जिज्ञासाहरुको बारेमा मुन्दुम अध्ययन केन्द्रका अध्यक्ष, गायक, संगीतकार, गीतकार तथा संस्कृतिविज्ञ जीतेन राईले प्रष्ट्याउनु हुँदै अन्तमा आफ्नो धारणा समेत राख्नु भएको थियो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, कलेजका प्राचार्य, चिसापानी माविका प्र.अ एवं शिक्षकहरु, किरात राई भाषिक संंस्थाका प्रमुखहरुले मन्तव्य र जिज्ञासा राख्नु भएको थियो ।
कार्यक्रमको सहजिकरण सन्तोष निरा राईले गर्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !