आश्विन ०९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिप्रुङचुर्ईचुम्मा गाउँपालिका वडा नं.७ टेम्मामा वडास्तरीय फुटबल प्रतियोगिताका साथ एकल नृत्य प्रतियोगिताको आयोजना गरिने भएको छ । टेम्मा स्पोर्ट्स क्लबको आयोजनामा ‘स्वास्थ्यको लागि खेलकुद-युवा एकताका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नजिकिँदै गरेको बडादशै तथा शुभदिपावलिको पावन अवसरमा आगामी कार्तिक १ गतेदेखि तेस्रो संस्करण अन्तर वडास्तरीय (7 A) Side पुरुष फुटबल प्रतियोगिताका साथ एकल नृत्य प्रतियोगिताको आयोजना गरिने भएको हो ।
कार्यक्रमको तयारी र व्यवस्थापनका लागि क्लबसँग सम्बद्ध सबैजना युद्धस्तरमा खटिरहेको टेम्मा स्पोर्ट्स क्लबका अध्यक्ष सुबासबावु मगरले हलेसी एफ एमलार्ई जानकारी दिनुभयो ।
फुटबल प्रतियोगितामा एक टिममा ७+३ खेलाडी तथा प्रशिक्षक अनिबार्य हुनुपर्ने, साथै खेल खेल्दा आवश्यक जर्सी, सुज, मोजा अनिबार्य हुनुपर्ने, खेलाडिहरुले खेलको समयमा धूम्रपान गर्न नपार्ईने, खेलाडिहरुले नाम, थर, ठेगाना खुलेको सक्कली कागजात अनिवार्य उपलब्ध गराउनु पर्ने, खेलाडिहरुलाई खेल खेल्ने क्रममा कुनै पनि प्रकारको चोटपटक लागेमा खेलाडिहरु आफै जिम्मेवार हुनु पर्ने, सहभागी टिमले खाने बस्ने आफैले व्यवस्थापन गर्नु पर्ने आयोजक टेम्मा स्पोर्ट्स क्लबले बताएको छ ।
फुटबल प्रतियोगितामा प्रथम, दोस्रो हुने बिजेताहरुलार्ई क्रमश रु ७० हजार, ४० हजारको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । खेलमा उत्कृष्ट खेलाडिले रु.२ हजार, उत्कृष्ट गोलकिपरले रु. २ हजार, हार्ई स्कोर खेलाडिले रु.२ हजार, बेस्ट डिफेन्डरले रु.२ हजार, बेस्ट कोचले रु.२ हजारका साथमा ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खेलमा सहभागी हुन चहने खेलाडिहरुले रु. ७ हजार ७ सय ७७ दर्ता शुल्क बुझाएर टिम दर्ता गराउन सक्नेछन् ।
फुटबल प्रतियोगिता फिफाको नियमानुसार सञ्चालन हुने आयोजकले जानकारी गराउनुभयो ।
फुटबल प्रतियोगितासँगै सञ्चालन हुने खुल्ला एकल नृत्य प्रतियोगितामा नेपाली मौलिकता झल्किने विधाको गीतहरु हुनु पर्ने, प्रतियोगीले गीत आफैले उपलव्ध गराउनु पर्ने, प्रतियोगीले आफ्नो नाम दर्ता तथा दर्ता शुल्क कार्तिक ३ गते सम्म बुझार्ई सक्नुपर्ने, पहिलो चरणको प्रतियोगिता कार्तिक ४ गते हने, दोस्रो चरणको प्रतियोगिता कार्तिक ५ गते हुुने अध्यक्ष सुबास बावु मगरले बताउनु भयो । उहाँका अनुसार खुल्ला एकल नृत्य प्रतियोगिताका प्रथम, द्धितिय र तृतीय हुनेहरुलार्ई क्रमश रु.१० हजार, रु.५ हजार र रु. ३ हजारका साथमा प्रमाण प्राप्त गर्नेछन् । खुल्ला एकल नृत्य प्रतियोगिताका लागि टिम दर्ता शुल्क रु.५५५ लाग्नेछ ।
कार्यक्रमलाई रोचक र प्रभावकारी बनाउन आयोजकका तर्फबाट स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रतिभा समेत प्रस्तुत गराइने आयोजकले जनाएको छ । हाँस्यकलाकार उमेश राई (फुलन्देको आमा), गायकहरु रुपकुमार राई, रोशन राई, हसन राई, बिनोद साम्पाङ राई, गण्डकी राई, गायिकाहरु सुनिता थेगिम, इन्द्रकला राई, अर्जुना रार्ईका साथमा मोडलहरु अनुशा राना साम्पाङ्ग, शशिकला रार्ईको बेजोड प्रस्तुति रहने आयोजकको भनाई छ ।
खेल क्षेत्रले गाउँ, समाज र देशलाई चिनाउदै समाजलाई एकता र अनुशासित बनाउने भएकोले यस सस्थाले खेल क्षेत्रलाई प्राथमिकता दिदै समाजलाई एकताका साथ परिवर्तन र समृद्धिको बाटोमा हिडाउने प्रयत्नमा जुटिरहेको संस्थाको अध्यक्ष शुबासबाबु मगरले हलेसी एफएमलाई बताउनुभयो ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।