चैत्र ०१, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङ सेवा समाज वेलायतको अगुवाइमा खोटाङका सबै स्थानीय तहमा स्वास्थ्य शिविर सञ्चालन हुने थाहा भएको छ । ‘मातृभुमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ भन्ने मुलनाराका साथ खोटाङ सेवा समाज वेलायतद्धारा गृह जिल्ला खोटाङमा ‘खोटाङ–युके स्वास्थ्य शिविर–2024’ सञ्चालन हुने भएको हो ।
खोटाङमा जन्म भई हाल युकेमा बसोबास गर्दै आउनु भएका ब्यक्तिहरुले आफ्नो जन्मभुमि खोटाङका नागरिकहरुलाई लक्षित गर्दै २०८० चैत्र १६ गते दखि २०८० चैत्र २४ गते सम्म निःशुल्क शिविरको आयोजना गरिने भएको छ ।
यस अभियानका वारेमा थप जानकारी गराउन आयोजकको तर्फबाट आगामी चैत्र १४ गते काठमाण्डौँमा विशेष पत्रकार सम्मेलन गरिने जनाइएको छ ।
खोटाङ सेवा समाज वेलायत द्धारा सार्वजनिक गरिएको कार्यक्रमको शेड्युल अनुसार २०८० चैत्र १६ र १७ गते खोटाङको रावाबेसी गाउँपालिकास्थित रावाबेसी स्वास्थ्य चौकी, साकेलागाउँपालिकाको साकेला आधारभुत अस्पताल, खोटेहाङ गाउँपालिकाको खोटाङ बजार स्वास्थ्य चौकी र प्रथामिक स्वास्थ्य केन्द्र चिसापानीमा शिविरको आयोजना गरिने भएको छ ।
जन्तेढुंगा गाउँपालिकाका नागरिकहरुले स्वास्थ्य शिविरबाट अत्यधिक फाइदा लिन सकुन भनेर गाउँपालिकाको तर्फबाट सबैको जानकारीको पहुँचसम्म सूचना सम्प्रेषण गरिरहेको उपाध्यक्ष खेमबहादुर खड्का बताउनुहुन्छ ।
यसैगरी चैत्र १७ र १८ गते ऐसेलुखर्क स्वास्थ्य चौकीमा सञ्चालन हुनेछ भने चैत्र २० र २१ गते हलेसी बजार स्वास्थ्य चौकी, वराहापोखरी धर्तुङ स्वास्थ्य चौकीमा, दिप्रुङचुइचुम्मास्थित ओख्रे स्थानीय अस्पतालमा र निर्मलीडाडा स्वास्थ्य चौकीमा शिविरको आयोजना गरिनेछ ।
चैत्र २२ र २३ गते बुर्ईपा स्वास्थ्य चौकी र केपिलासगढीको बाक्सिला वजार स्वास्थ्य चौकीमा शिविरको आयोजना गरिने जनाइएको छ । उक्त शिविरहरुमा ५ जना चिकित्सकहरु सहभागी हुने आयोजकले जनाएको छ । शिविरमा निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि बितरण गरिने जनाइएको छ ।
चैत्र २४ गते खोटाङ–युके शिविर अभियान समापन तथा खोटाङ नागरिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम तय भएको जानकारी दिइएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !