कार्तिक २१, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेल रुपकोट मझुवागढी नगरपालिका वडा नं.५ लफ्याङस्थित श्रीमावि वाँसवोटेमा आज ६३ औँ वार्षिकोत्सव तथा तेह्रौँ अक्षय कोष दिवसको उद्घाटन भएको छ । आजदेखि ३ दिन सम्म मनाईने विध्यालयको ६३ औँ वार्षिकोत्सव तथा तेह्रौँ अक्षय कोष दिवसको आज मध्यान्ह १२.१५ वजे जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले उद्घाटन व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भयो ।
२०१७ सालमा स्थापना भई सञ्चालनमा आएको श्रीमावि वाँसवोटेको २०६८ सालमा स्वर्ण महोत्सव मनाइएको थियो । सोही वर्ष स्थापना भएको अक्षय कोषमा हाल रु १६ लाख वढी रकम जम्मा भएको शिक्षक तथा विध्यालयका लेखापाल गोपाल श्रेष्ठले बताउनुभयो । अक्षय कोषको स्थापना भएपछि हरेक वर्ष विध्यालयको वार्षिकोत्सवसँगै अक्षयकोष स्थापना दिवस समेत मनाइदै आएकोछ ।
आजको उद्घाटन कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि लगायत अभिभावक तथा विध्यार्थीहरुलाई निवर्तमान प्रधानाध्यापक जसराज किराँतीले स्वागत मन्तव्यबाट स्वागत गर्नुभयो । त्यस्तै अतिथिहरुका स्वागतमा श्रीमाविका विध्यार्थी भाइबहिनीहरुले आकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए ।
शुभकामना मन्तव्यका क्रममा विध्यालयको भौतिक÷शैक्षिक अवस्था अझ सुदृढ र नमूनायोग्य बन्न सकोस भन्दै त्यस्का लागि आफ्नो तर्फबाट समेत कर्म र व्यवहारले यथासक्दो सहयोग पुराउने आजका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख राईले बताउनुभयो ।
शुभकामनाकै क्रममा दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. १२ जाल्पाका अध्यक्ष दानबहादुर राईले नगरपालिकाभित्रका विध्यालयहरुको शैक्षिक सुधारमा नगरपालिका गम्भिरताका साथ लाग्ने बताउनुभयो ।
विध्यालय व्यवस्थापन समिति पूर्वअध्यक्ष राजेन्द्र राईले पनि श्रीमावि वाँसवोटेको सुदृढिकरणमा स्थानीयवासी र विध्यालयका कर्मचारी अभिभावकहरुको ठूलो भूमिका रहेको उल्लेख गर्दै अझ सबै मिलेर यसको थप प्रगतिमा लाग्निु पर्ने बताउनुभयो ।
आजको उद्घाटन कार्यकममा यस विध्यालयका संस्थापक एवं समाजसेवी स्वर्गीय इश्वरधन चाम्लिङ, अर्का सस्थापक तथा शिक्षासेवी एवं तहविलदार चक्रप्रसाद पोखरेलको तस्विरमा माल्यार्पण गरी उहाँहरुलाई स्मरण गरिएको थियो । त्यस्तै अक्षयकोषदाताहरुको तस्विरमा पनि फूलमाला अर्पण गरी स्मरण गरिएको थियो ।
उद्घाटन सत्रको अध्यक्षता गरिरहनुभएका विवयासका का.वा. अध्यक्ष प्रश्नराज राईबाट कार्यक्रमको समापन भएपछि पुनः दोश्रो चरणको कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका माविहरुकोवीच अन्तरमावि भलिवल प्रतियोगिता शुरु भएको थियो । राजनैतिक कर्मी र शिक्षकहरुकावीच प्रतिस्पर्धा गराई उद्घाटन भएको खेलमा राजनैतिक कर्मीको टिमले विजय प्राप्त गरेको थियो । त्यसपछि प्रतियोगी खेल अन्तर्गत जालपा मावि नुनथला र पंच मावि दिक्तेलवीच भएको खेलमा पहिलो र दोश्रो राउण्डमा जालपा माविले क्रमश २२ को विरुद्ध २५ र १७ का विरुद्ध २५ अंक ल्याई विजयी बनेको थियो ।
जम्मा १० वटा विध्यालयहरु भलिवल प्रतियोगितामा सहभागी रहने शिक्षक गोपाल श्रेष्ठले बताउनुभयो । बाँकी प्रतिस्पर्धा भोलि विहान ७.३० वजेबाट शुरु हुने जनाइएकोछ ।
pp
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।