माघ २१, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कषि क्षेत्रमा कृषकहरुलाई प्रोत्साहित गर्न विभिन्न कृषि गतिविधि सञ्चालन गरिरहेको छ । नगरपालिकाभित्रका कृषकहरुलाई निःशुल्क वीउ विजन तथा तरकारी र फलफूलहरुको विरुवा वितरण गरेर कृषकहरुलाई प्रोत्साहित गर्न थालेको हो ।
नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, स्थानीय जनप्रतिनिधिहरु, कृषि शाखाका कर्मचारीहरु कृषकहरुकै घरघुर्यानमा पुगेर उनीहरुले लगाएका कृषि उपजहरुको निरिक्षण अनुगमन गरी नगरपालिकाको तर्फबाट थप के कस्तो सहयोग उपलव्ध गराउनु पर्ने हो, त्यसमा चासो दिन थालेका छन् ।
आइतवार विहानै नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख वीशन राई, मदन फाउण्डेशनका निर्देशक सूर्यबहादुर राई, स्थानीय ज्ञानेन्द्र बिक, उमेश ढुंगानाको टोलि दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. ११ खार्मी स्थित सोति कृषि तथा पशुपंक्षी बहुउद्धेश्यीय फर्मको निरिक्षण/अवलोकन गर्न पुगेको छ ।
घरेलु तथा साना उध्योग कार्यालयमा २०७९ सालमा दर्ता भएको वडा नं. ११ खार्मीस्थित साविक वडा नं.५ सोतिमा स्थापना गरिएको सोति कृषि तथा पशुपंक्षी बहुउद्धेश्यीय फर्ममा १५ घरधूरि समेटिएकाछन् । स्थानीय कृषक हर्कराज राईको अध्यक्षमा गठन भएको फर्मले वार्षिक ३५०० रुपैया दिने गरी स्थानीय सरस्वती राई नाममा रहेको २ रोपनी जग्गामा तरकारी खेति सञ्चालन गर्न शुरु गरेको छ ।
नगरपालिकाबाट निशुल्क बन्दाकोपीका विरुवाहरु ल्याएको बताउनुहुन्छ अध्यक्ष हर्कराराज राई । उहाँ भन्नुहुन्छ —‘नगरपालिकाबाट निःशुल्क १८०० बन्दाकोपीको विरुवाहरु गत आषाढमा ल्याएर रोपेको दश प्रतिशत विरुवाहरु चै जगाउन सकिएन ।’ उहाँ थप्नुहुन्छ—‘निशुल्क विरुवा दिएर ढुवानीको समेत व्यवस्थाले हामीलाई उत्साहित बनाएको छ यसलाई नगरपालिकाले निरन्तरता दिनसकोस ।’
सोति कृषि फर्मका कृषकहरु नगरबाट उचित मूल्य र बजारिकरण गर्न सहयोग गरे भविष्यमा उनीहरु आफैँ जोश र जाँगरका साथ कृषि क्षेत्रमा अगाडि बढ्ने विश्वास र अपेक्षा राख्नुहुन्छ । नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएकोमा उहाँहरु कृषकको सम्मान भएको ठान्नुहुन्छ ।
फर्मका कृषक इन्द्रजित राइ भन्नुहुन्छ—‘तरकारी खेतिबाट धेरै फाइदा नभए पनि खर्च उठेको छ । घाटा भएको छैन, पसिनाको मोल उठेको छ । हामी सन्तुष्ट छौँ ।’
आज सोति कृषि तथा पशुपंक्षी बहुउद्धेश्यीय फार्ममा उत्पादित ८०० केजि बन्दाकोपि नगरपालिकाको तर्फबाट पहिलोपटक कृषि एम्बुलेन्सको प्रयोग गरी दिक्तेलवजारसम्म निःशुल्क ढुवानी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । यसलाई प्रति केजि रु ३०/४० मा दिक्तेलवजारमा बिक्री गरिने स्थानीय कृषक उमेश दाहालले बताउनुभयो ।
आजदेखि शुरु गरिएको कृषि एम्बुलेन्सलाई निश्चित मापदण्डका आधारमा सबै कृषकहरुको पहुँचसम्म पुराइने नगरप्रमुख भट्टराईको कथन छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।