कार्तिक ०८, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
कुनै दलका उम्मेदवारले जनतालाई विभिन्न आश्वासन दिएर उनीहरुको मतबाट निर्वाचनमा विजयी बनेपछि आफ्नो कार्यकाल पुरा नहुँदै विदेशमा पलायन भएमा त्यसबाट जनतालाई कति मर्का पर्ला, कति विस्वासघात होला ? राजनैतिक दल र नेतृत्वप्रति जनताको कस्तो चिन्तन बन्ला ?
खोटाङको साकेला गाउँपालिका वडा नं.४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौँ महिना अगाडिदेखि जनतालाई अप्ठेरोमा पारेर विदेश पलायन भएपछि यतिखेर यहीँ प्रश्न मात्तिमवासीका वीच उठिरहेको छ । भ्रमण भिसामा कटवाल अमेरिका गएर नौ महिना वढि विताइ सकेपछि स्थानीय जनताहरुले आजित बनेर वडा कार्यालयमा ताला लगाइदिका छन् । मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वदलीय/सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै कात्तिक ७ गते बुधवार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
श्रोतका अनुसार वि.सं. २०८० माघ १७ गतेदेखि वडामा अनुपस्थित हुँदै आउनुभएका वडाध्यक्ष कटवाल वडा सदस्यलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएर अमेरिका जानुभएको थियो । ज्येष्ठ वडा सदस्य भीमबहादुर खड्कालाई अवधि नतोकी वि.सं. २०८० माघ १९ गते कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएर वडाध्यक्ष कटवाल अमेरिका जानुभएको बुझिन्छ ।
उहाँको अनुपस्थितिमा वडाको महत्वपूर्ण विकास निर्माणका कामका साथै जनताका दैन्दैन्य कामहरुमा वाधा पुगेको बताइन्छ । गाउँ कार्यपालिकाले वडासदस्य भीमबहादुर लाई तीन पटकसम्म कार्यवाहक तोकेको र त्यो अवधि समेत समाप्त भएकोले वडा कार्यालयमा ताला लगाउनुको विकल्प नरहेको पूर्ववडाध्यक्ष भट्टराई बताउनुहुन्छ । उहाँ बताउनुहुन्छ–‘गत साउन २१ गते सर्वदलीय बैठकले १५ दिनभित्र वडाध्यक्ष कटवाल वडामा उपस्थित हुनुपर्ने वा मार्गप्रसस्त गर्नुपर्ने माग सहित गाउँपालिकामा ज्ञापन पत्र बुझाइएको थियो । त्यसपछि गाउँ कार्यपालिकाको बैठकले वडासदस्य भिमबहादुरलाई कार्यबाहक तोकेर वडाको काम सुचारु राखिएकोमा यो अवधि पनि अशोज २० गते सकिएको छ । त्यसपछि सर्वदलीय सर्वपक्षीय बैठकको निर्णय अनुसार बुधवार वडा कार्यालयमा ताला लगाइएको हो । अब सरोकार निकायहरुबाट यसको उचित निकास खोजिनैपर्छ ।’
ताला लगाएपछि त्यसको जानकारी तथा सर्वपक्षीय सर्वदलीय बैठकको निर्णय सहित निमित्त प्रमुख प्रशासकीय अधिकृत सर्मिला राईलाई बुझाइएको जनाइएको छ । कांग्रेसका स्थानीय नेता बुद्धिवल राई, जीवन श्रेष्ठ, एमाले नेता गोपिकृष्ण खड्का, माओवादी नेता युवराज दुलाल, भोला फुयाल लगायतले तालाबन्दी गरेर गाउँपालिकालाई जानकारी गराइएको थियो ।
गत स्थानयित तहको निर्वाचनमा कटवाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट साकेला गाउँपालिका वडा नं. ४ मात्तिमका निर्वाचित वडाध्यक्ष हुनुहुन्छ ।
यतिखेर जनताको घरआँगनमा रहेको स्थानीय सरकारका जनप्रतिनिधिको यो रवैयालाई जिल्लास्तरमा व्यापक आलोचनाको विषय बनाइएको छ ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।