चैत्र २७, २०८० , Khotang
हलेसीन्युजडस्क,खोटाङ
खोटाङको रावाबेसी गाउँपालिका–४ डुम्रे धारापानीमा आगलागीबाट एउटा घर र मतान पूर्णरुपमा जलेर नष्ट भएको छ । धारापानीस्थित चन्द्रबहादुर विकको घरमा सोमवार अपरान्ह २ः४५ बजे आगलागी भएको हो ।
आगलागीबाट एउटा घर र मतान जल्दा घरभित्र रहेको लत्ताकपडा, भाडावर्तन, अन्नपात, सोलार प्यानल, सोलारको व्याट्री सम्पूर्ण जलेर नष्ट हुँदा रु. ९ लाख ४० हजार बराबरको धनमालको क्षति पुग्न गएको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी वेनु कार्कीले जानकारी दिनु भएको छ ।
आगलागीबाट मानवीय र चौपायामा क्षति नपुगेको जनाईएको छ । अस्थायी प्रहरी चौकी डुम्रेबाट खटेको प्रहरी र स्थानीयको सहयोगमा साँझ ५ः३७ बजे आगो नियन्त्रणमा लिएको थियो । तर घर पूण रुपमा जल्दा घरमा रहेको अन्नपात तथा सामानहरु जोगाउन सम्भव नभएको थाहा भएको छ । आगलागीको कारण अझै खुलेको छैन ।
यस्तै दिप्रुङ चुईचुम्मा गाउँपालिकामा पनि विध्युत शर्ट भएर आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको थाहा भएको छ । सोमावार अपरान्ह ४ वजे दिप्रुङ चुइचुम्मा–७ टेम्मास्थित ज्यामिरेका प्रेमकुमार राईको घरमा विद्युत सर्ट भई आगलागी भएको जानकारी प्राप्त भएको छ ।
बिजुलीको मिटर बक्स सर्ट भई घरमा आगलागी हुँदा घरभित्रको लत्ताकपडा, भाडावर्तन, अन्नपात, काठपात, दुईतोला सुन, चाँदी छ तोला र नगद रु. ३० हजार जल्दा अनुमानित रु. ६० लाख वरावरको क्षति भएको प्रहरी श्रोतले जनाएको छ ।
आगलागीबाट मानवीय र चौपायामा क्षति नपुगेको जनाईएको छ । अस्थाई प्रहरी चौकी याम्खाबाट खटेको प्रहरी र स्थानीयको सहयोगमा साँझ ६ः५० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको बताइन्छ ।
[ यो पनि-फेरि डढेलो र आगलागी–हलेसीतुवाचुङका दुई घर, चार गोठ बन्यो खरानीको थुप्रो }
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।