कार्तिक २४, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको सदरमुकाम दिक्तेलवजारस्थित सबैभन्दा पुरानो दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलको छैटौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाजयन्ती रार्ईको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य रामकुमार राई (पासाङ )को प्रमुख आतिथ्यतामा आज दिक्तेल बहुमुखी क्याम्पसको छैटौ साधारण सभा महत्वपूर्ण निर्णयहरु पारित गर्दै सम्पन्न भएको हो ।
क्याम्पस सभाका केही झलकहरु
प्रमुख अतिथि राईद्धारा व्यानर पढेर ६ वटा दीपप्रज्वलन गर्दै सभाको उद्घाटन गर्नुभएको थियो भने सहभागी सबैलाई क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष कुमार आचार्यले स्वागत मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रम लगत्तै वार्षिक साधारण सभामा सञ्चालक समितिका अध्यक्ष दुर्गाजयन्ति राईद्धारा प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । यसैगरी क्याम्पस प्रमुख हिराकुमार राईद्धारा प्रस्तुत गरिएको ११ पृष्ठको वार्षिक प्रतिवेदन समेत सभाद्धारा सर्वसम्मत पारित गरिएको थियो । क्याम्पसका सह प्राध्यापक तथा आर्थिक समितिका संयोजक सहायक क्याम्पस प्रमुख हर्कवीर राईद्धारा आर्थिक प्रतिवेदन तथा २०८०/८१को अडिट प्रतिवेदन प्रस्तुत गरिएको थियो भने उहाँद्धारा नै प्रस्तुत गरिएको २०८१ /८२ को नीति तथा कार्यक्रममाथि पनि व्यापक छलफल गरी क्याम्पस सभाद्धारा सर्वसम्मत पारित गरिएको क्याम्पसका लेखापाल चुडाबहादुर कार्कीले हलेसी एफ एमलार्ई जानकारी दिनुभएको छ ।
कार्यक्रममा सहायक प्राध्यापक सञ्जिव थापालार्ई उत्कृष्ट प्राध्यापनको मुल्यांकन गर्दै सम्मानस्वरुप रु ५ हजार प्रदान गरिएको छ । सोही अवसरमा लेखापाल चुडाबहादुर कार्कीलाई पनि उत्कृष्ट जिम्मेवारी वहन गरेकोमा रु ४ हजार नगद सहित सम्मान गरिएको छ । यसैगरी निवृत्तिभरण भर्ई बिदा हुनुभएका कार्यालय सहयोगी युवराज रार्ईलार्ई इमान्दारीतापूर्वक कार्यकाल व्यतित गरेकोमा उहाँले पाउने तलवभत्ताबाट कट्टा हुनेगरी आजको कार्यक्रममा एकमुष्ठ एक लाखको चेक सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन संकाय मध्ये प्रत्येक संकाय तर्फका ३/३ जना बिध्यार्थीहरुलार्ई जनही रु.३/३ हजार नगद सहित प्रोत्साहन गरिएको क्याम्पस श्रोतले जानकारी दिएको छ ।
कार्यक्रममा क्याम्पसको मुखपत्र नयाँकदमको सामुहिक विमोचन पनि गरिएको थियो ।
सहायक प्राध्यापक पार्जन राईद्धारा सहजिकरण गर्नुभएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा आजको सभाको अध्यक्ष दुर्गाजयन्ती राई, प्रतिनिधि सभा सदस्य राम कुमार राई (पासाङ ), जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थ राज भट्टरार्ई, हलेसीतुवाचुङ नगरपालिकाकी नगरप्रमुख विमला राई, सञ्चालक समितिका पूर्व अध्यक्षहरु, सञ्चालक समितिका सदस्यहरु, प्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापकहरु, क्याम्पस सभाका सदस्यहरु, विध्यार्थीहरु लगायतकोे उपस्थित रहको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !