भदौ २८, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको सदरमुकाम समेत रहेको व्यापारिक केन्द्र दिक्तेलबजारमा अत्यधिक मात्रामा म्याद गुज्रेका खाद्यवस्तु अनुगमनका क्रममा जफत गरी नष्ट गरिएको छ । जिल्ला प्रसाशन कार्यालय खोटाङ, खाध्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिराटनगर र गार्ईघाट, घरेलु तथा साना उद्योग कार्यालय खोटाङ, करदाता सेवा कार्यालय दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रहरी कार्यालय खोटाङ र खोटाङ उद्योग वाणिज्य संघले भाद्र २७ गते विहीवारका दिन संयुक्त रूपमा बजारको अनुगमन गरेर ४३ हजार रुपैयाँ बराबरको खाद्यवस्तु जफत गरी नष्ट गरिएको खोटाङ उद्योग वाणिज्य संघका सचिव लेख बहादुर खड्का (बिनोद) ले बताउनु भएको छ ।
खोटाङ उद्योग वाणिज्य संघका सचिव खड्काका अनुसार अनुगमन टोलीले अत्यधिक मात्रामा खोर्सानीको धुलो, पानी पुरी, मसला, लालीपप चोकोे पार्ई, ठुलो डिउ, सानो कोक, बिस्कुट, पेप्सी, सानो डिउ, अकबरे चिप्स, बदाम, चिज बल, मिठार्ई, मसला, दुनोट, सस लगायतका म्याद गुज्रेका १९ प्रकारका खाद्य सामग्रीहरु जफत गरेर नष्ट गरिएको हो ।
व्यापारी तथा व्यवसायीबाट म्याद गुज्रिएका खाध्यान्नहरु विक्रीवितरण गरेर मानव स्वास्थ्यसँग खेलबाड भइरहेको जनगुनासोको आधारमा बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय खोटाङका अधिकृत लिला बि.क ले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ । आगामी दिनमा कुनै पनि म्याद गुज्रिएको सामग्री बिक्री वितरण भए हदैसम्मको कारवाही गरिने बजार अनुगमनका क्रममा बि.क ले बताउनु भयो ।
अनुगमनमा सहभागी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय गाइघाटबाट आउनु भएका मेनष श्रेष्ठले जिल्लाको सदरमुकाममा यस्तो अखाद्य तथा म्याद गुज्रेका उपभोग्य सामान भेटिनु दुःखद भएको बताउनुभयो ।
अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख भेषराज खात्रीले अब बजार अनुगमन नियमित रुपमा गरिने बताउनु भएको छ ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।