जेठ २८, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरूपाकोट मझुवागढी नगरपालिकाले गठन गरेको शैक्षिक कार्यदलको कार्ययोजना अन्तर्गत स्थानीय पाठ्यक्रम निर्माण समितिसँग प्रगति विवरणका सम्बन्धमा छलफल गरेकोछ । नगरपालिकाभित्रका स्थानीय सँस्कृति, भाषा, स्थानीय धार्मिक, पर्यटकीय स्थलहरु, स्थानीय जीवनोपयोगी सिपसँग तादाम्यता मिलाएर पाठ्यक्रम निर्माण÷परिमार्जन गर्ने क्रममा गठन भएको स्थानीय पाठ्यक्रम निर्माण समितिसँग हालसम्म भएका प्रगति विवरणका सम्बन्धमा नगरपालिकाले जेष्ठ २७ गते आइतवार समिक्षात्मक छलफल गरेको हो ।
नगरपालिकाको सभाहल दिक्तेलमा नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई, प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार राई, सामाजिक विकास समितिका संयोजक दानबहादुर राई, शिक्षा शाखा प्रमुख रेखा राई, कार्यदलका संयोजक सूर्यबहादुर राई लगायत सदस्यहरू प्रकाशकुमार श्रेष्ठ, दिलिप खत्री, दमन राई, सबै क्लस्टरहरुका संयोजक तथा सदस्यहरुका वीच समिक्षात्मक छलफल भएको जनाइएको छ ।
सबै क्लस्टरले स्थानीय अविभावक, शिक्षक, राजनीतिक दल र सरोकारवालाको सल्लाह र सुझावको आधारमा पाठ्यक्रम निर्माणको काम भैरहेको जानकारी गराइयो । उक्त अवसरमा पाठ्यक्रम निर्माणका क्रममा भएको प्रगति विवरण क्लस्टरहरुमार्फत प्रस्तुत गरिएकोे थियो । यस्तै क्लस्टर नं. २ ले ‘हाम्रो मझुवा’ पाठ्यक्रम तयारी भई पुनः अन्तिम सुझावका लागि सरोकारवालालाई उपलव्ध गराइएको संयोजक रविन सुनुवारले बताउनुभयो । सो अवसरमा क्लष्टर २ का सदस्य गोपाल श्रेष्ठले पाठ्यपुस्तकमा रहेको सामाग्रीको प्रस्तुतिकरण गर्नुभएको शिक्षा शाखाका नानीराम आचार्यले बताउनुभयो ।
नगरप्रमुख भट्टराईले एकसाता भित्र पाठ्यपुस्तकको अन्तिम रुप दिन सबैलाई अनुरोध गर्नुभयो ।
[ यो पनि--दिरुममा स्थानीय पाठ्यक्रम परिमार्जनका लागि ६ स्थानहरुमा कार्यशाला प्रारम्भ }
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।