चैत्र २४, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण वर्ष सन् २०२५ को अवसर पारेर रेडपान्डा र थार महोत्सवको आयोजना गर्ने भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं. १० पाथेका लगायत आसपासका लेकाली जंगलहरुमा पाइने लोपोन्मुख रेडपान्डा तथा थार संरक्षण / प्रवर्द्धन गर्ने उद्देश्यले मुन्दुम ट्रेल भ्रमण वर्ष सन् २०२५ को अवसरमा महोत्सवको आयोजना गर्ने तयारी गरे सर्गै सरसफाइको कामलाइ पनि तिब्रता दिइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले बताउनु भयो ।
नगरप्रमुख भट्टराईका अनुसार शुक्रवार, शनिवार र आज आईतवार महोत्सवस्थल हुर्लुङबजार आसपासका क्षेत्र तथा रेडपान्डा थार रुटलार्ई ब्यवस्थित गर्नका लागि नगरप्रमुख, उप प्रमुख बिभिन्न वडाका वडा अध्यक्षहरु कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारीहरु तथा बिभिन्न संघ सस्था र स्थानीयबासीहरुले कुटो, कोदालो, झम्पल लगायतका औजारहरुका साथ हुर्लुङबाट रुपाकोट सम्मको पद मार्ग सरसफाइ तथा व्यवस्थित गरिएको होे । उक्त पद मार्गको शुभारम्भ समेत राष्ट्रिय कलाकार दयाहाङ राईबाट हुने सामाजिक अभियन्ता सूर्य बहादुर राईले हलेसी एफ एमलार्ई बताउनु भयो ।
महोत्सवको उद्घाटन नयाँवर्ष २०८२ को शुरुदिन वैशाख १ गते वडा नं. १३ नुनथला हुर्लुङमा विभिन्न जातजातिको संस्कार संस्कृति अनुसारका खानपान, भेषभूषा प्रस्तुतिका साथ गरिने जनाइएको छ । यसैगरी बैशाख २ गते हुर्लुङ देखि रुपाकोटसम्मको पदमार्गको यात्रा गरिनेछ ।
नगरप्रमुख भट्टराईका अनुसार हुर्लुङदेखि रूपाकोट हुँदै बगरेभन्ज्याङ, सिर्धन चौतारो, सिकुरी भन्ज्याङ, लहरे माने, बानियाँपाटी, साप्सुढाप, मेरुङ तीन थुम्कीबाट मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई रेडपाण्डा–थार ट्रेलका रूपमा सुरु गरिने हलेसी एफ एमलाइ बताउनु भयो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !