श्रावण ०४, २०८० , Sakela Gaupalika
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका आमा समूहलाई कुटानी पिसानी मिलसँगै आमा समूहको वैठक कक्षको लागि कुर्सी उपलव्ध गराइएको छ । गाउँघरमा अन्न पिस्नका लागि ढिकीजाँतोको प्रयोग गर्दै आएका महिला दिदी बहिनीहरुलाई लक्षित गरी गाउँपालिकाले महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत खरिद गरिएका विध्युतबाट चल्ने कुटानी पिसानी मिल तथा कुर्सी बुधबार वडा नं. ५ मात्तिम विर्ताका आमा समूहलाई एक कार्यक्रमका वीच उपलव्ध गराइएको हो ।
ढिकी जाँतो गर्नेक्रममा हुने शारीरिक श्रमको बोझ घटाउन र समयको बचतका लागि चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम मार्फत बिनियोजित कुल रु. ९ लाख रकम बाट गाउँपालिका भित्रका ४३ वटा आमा समुहरुलाई कुटानी पिसानी मिल बितरण गर्ने लक्ष्य रहेको पालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो । यसै क्रममा गाउँपालिकाले वडा नं. ५ मात्तिमबिर्ताका आमा समूहलाई बुधवार २ वटा कुटानी पिसानी मिल तथा बैठक कक्षका लागि ९५ वटा कुर्सी वितरण गरिएको वडाध्यक्ष जीवन खत्रीले बताउनु भयो ।
गाउँपालिकाले गाउँभरीका महिला दिदीबहिनीहरुले अन्न पिस्नका लागि उपयोग गर्न पाउनेगरी समूहलाई मिल प्रदान गरेको हो । गाउँघरमा हालसम्म अन्न पिस्नका लागि ढिकी जाँतोको प्रयोग हुने गरेको छ । ढिकी वा जाँतोको प्रयोग गर्ने क्रममा महिलाले बढी शारीरिक श्रम गर्नुका साथै उत्तिकै समय खर्च गर्नुपर्ने हुन्छ । यही कारण आमा समुहलाई कुटानी पिसानी मिल प्रदान गरिएको साकेला गाउँपालिकाले जनाएको छ ।
वडा नं.५का वडाध्यक्ष जीवन खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा आमा समूहका लागि कुटानी पिसानी मिल तथा कुर्सीहरु कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष रविप्रकाश राई तथा विशेष अतिथि पालिका उपाध्यक्ष विर्सिका राईले हस्तान्तरण गर्नुभएके थियो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।