चैत्र १३, २०८० , Khotang
नेपालको राजनीतिमा ‘अस्थिर सरकार’ वा ‘अस्थिर गठबन्धन’को दोष सजिलैसंग सतहीरुपमा अलिकति पनि विचार नगरीकन प्रतिनिधि सभाको ‘मिश्रित निर्वाचन प्रणाली’ माथि थोपरेर आफ्नो बौद्धिकता प्रदर्शन गर्न हतारिने गरेको देखिन्छ । यसरी हतारमा झट्ट बोल्दा वा लेख्दा यसले समाजमा कस्तो दुरगामी मनोवैज्ञानिक, सामाजिक र राजनीतिक असर परिरहेको छ, त्यसबारेमा गंभीर विचार गर्न क्षणिक पनि ध्यान नदिने अर्को गल्ति पनि संगसंगै गरेको देखिन्छ ।
केही मानिसहरुका अवगुणहरु लुकाउने, केही मानिसहरुका कमजोरीहरुलाई ढाकछोप गर्ने, केही मानिसहरुका अस्थिर र विचलित मानसिकतामा पर्दा लगाउने, सहमति र सहकार्यको संस्कृतिलाई आत्मसात् नगर्ने प्रवृतिलाई चोख्याउने र केही मानिसहरुका नियोजित र गुप्त स्वार्थहरु सिद्ध गर्ने गलत प्रयत्नहरुलाई वैधानिकता दिने मतियार कुनै पनि प्रकारको ‘निर्वाचन प्रणाली’ कसरी हुन सक्छ र ?
अहिलेको तरल अवस्थामा देखिने र नदेखिने सबै प्रकारका षड्यन्त्रहरुबाट हामी सबै चनाखो र सजग हुनु आवश्यक छ ।
दोष ‘मिश्रित निर्वाचन प्रणाली’को होईन, दोष ‘चरम अस्थिर मानसिकता’ र ‘गुप्त प्रलोभन’को हो ।
दोष ‘मिश्रित निर्वाचन प्रणाली’को होईन, दोष ‘मिश्रित निर्वाचन प्रणाली’को पवित्र उद्देश्यहरु र असल विशेषताहरु विपरीत यसको ‘चरम दुरुपयोग’ गर्ने ‘कर्ता’हरु र ‘कर्म’हरुको हो ।
संसारमा गुण नै गुण भएको र अलिकति पनि अवगुण नभएको कुनै यस्तो निर्वाचन प्रणाली छ र ? निर्वाचन प्रणालीमा भएको गुणहरुलाई अवलम्बन गर्दै र यसमा भएका कमीकमजोरी र दोषहरुलाई सुधार गर्दै अगाडि बढनु बुद्धिमानी हुनेछ ।
सबै निर्वाचन प्रणालीमा गुणहरु र दोषहरु हुन्छन् । सबै निर्वाचन प्रणालीका आ–आफ्नै विशेषता र उद्देश्यहरु हुन्छन् । निर्वाचन प्रणालीलाई स्वीकार गर्दा नै यसका गुणहरु, दोषहरु, विशेषताहरु र उद्देश्यहरुलाई पनि संगसंगै स्वीकार गरिएका हुन्छन् ।
देशको राजनीतिमा वा गठबन्धनमा वा विभिन्न राजनीतिक दलहरुमा वा संवैधानिक प्रक्रियाहरुमा समस्या आउदा हरेक पटक निर्वाचन प्रणाली फेर्ने हो भने यसले देशको कस्तो भविष्यको भविष्यवाणी गर्नेछ ? एकछिन गंभीर भएर सोचौं ।
नेपालमा अहिले दुई सदनात्मक (प्रतिनिधि सभा र राष्ट्रीय सभा) संसदीय व्यवस्था रहेको छ । आजको दिनसम्म यो संबैधानिक यथार्थ हो ।
के प्रतिनिधि सभाबाट ‘मिश्रित निर्वाचन प्रणाली’ हटाएर प्रतिनिधि सभा सदस्यको चयन ‘प्रत्यक्ष निर्वाचन प्रणाली’बाट गर्दैमा प्रतिनिधि सभामा एउटा दलको मात्रै बहुमत आउने, सरकार स्थिर हुने वा गठबन्धन स्थिर हुने वा देशको राजनीतिमा वा गठबन्धनमा वा विभिन्न राजनीतिक दलहरुमा वा संवैधानिक प्रक्रियाहरुमा समस्याहरु नआउने हुन्छ र ?
यसको ग्यारेन्टी कसले गर्न सक्छ र ?
(लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ)
[यो पनि पढौँ--कठघरामा उभिएको त्यो दिन }
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।