चैत्र २३, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर-९ अन्तर्गत निर्मलीडाडा स्वास्थ्य चौकीमा वालमैत्री कक्ष (डेस्क) स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङद्वारा क्यानेडियन रेडक्रसको आर्थिक सहयोगबाट संचालित समुदायमा आधारित बृहत स्वास्थ्य कार्यक्रमको सहयोगमा बिहीवार त्यहाँ वालमैत्री कक्ष स्थापना गरिएको हो ।
वालवालिकाको स्वास्थ्य अवस्थालाई ध्यान दिदै उनीहरुको स्वास्थ्य सेवामा थप गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुर्याउने ध्येयले स्वास्थ्य चौकीमा वालमैत्री कक्ष स्थापना गरिएको रेडक्रस शाखाले जनाएको छ । कतिपय वालवालिका स्वास्थ्य संस्था जान नमान्ने, सेवाग्राही बच्चा लिएर जादा सेवा लिन असहज हुने र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिहरुको पनि सानानानी बाबु हुँदा सेवा लिदा र प्रदान गर्दा कठिनाई हुने हुँदा बालबालिकलाई उक्त कक्षमा राखेर सेवा लिन/दिन सहज हुनुका साथै यसबाट स्वास्थ्य सेवा थप प्रभावकारी हुने रेडक्रसले जनाएको छ ।
समुदायमा आधारित बृहत स्वास्थ्य कार्यक्रम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ऐसेलुखर्क गाउपालिकामा सञ्चालन भइरहेको छ । आफ्नो कार्यक्षेत्रमा एक/एक ओटा स्वास्थ्य संस्थामा नमूना बालमैत्री कक्ष स्थापना गर्ने उद्धेश्य बमोजिम निर्मलीडाँडा स्वास्थ्य चौकीमा स्थापना गरिएको जनाइएको छ ।
उक्त कक्षको उपयोगिता हेरेर पालिकाले अरु स्वास्थ्य संस्थामा पनि यस्तो खालको कक्ष सञ्चालनमा ल्याउने योजना रहेको उक्त कार्यक्रमका स्वास्थ्य अधिकृत प्रविण श्रेष्ठले बताउनुभयो । यस व्यवस्थाबाट बालबालिकाको मानसिक स्वास्थ्य विकास र स्वास्थ्य संस्था जान नमान्ने बालबालिकाहरुको बानीमा पनि सकारात्मक प्रभाव पर्ने उहाँले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका सभापति ज्ञानेन्द्र जोशीद्धारा वडा नं. ९ का वडाध्यक्ष दिनेश कठायत र स्वास्थ्य संस्था प्रमुख संगीता राईलाई एक कार्यक्रमका वीच बाल मैत्री सामग्री हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष कठायतले रेडक्रसले विपदमा समुदायमा गरेको सहयोग सह्राहनीय रहेको र निर्मलीडाडा स्वास्थ्य संस्थालाई प्रशुति केन्द्रको सामग्रीहरु उपलव्ध गराउनुका साथै स्वास्थ्य संस्थामा पानीको समस्या हुँदा पानी उपलब्धताको लागि गरेको सहयोग र समुदायमा सचेतना कक्षा लगायतको गतिविधि गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले स्वास्थ्य संस्थालाई प्रदान गरिएको सामाग्रीहरु यहाँका प्रमुख लगायत अन्य कर्मचारीहरुबाट सही सदुपयोग हुने र आफुले संरक्षण पनि गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो
त्यस्तै सोही अवसरमा बोल्दै रेडक्रस सभापति ज्ञानेन्द्र जोशीले उक्त बालमैत्री सामग्रीको सही सदुपयोग हुनेमा आफु विश्वस्त रहेको र रेडक्रसले आगामी दिनमा पनि समुदायस्तरमा आफ्नो गतिविधि आगाडि बढाउने बताउनुभएको थियो ।
उक्त कार्यक्रममा रेडक्रस जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमय, स्वास्थ्य अधिकृत प्रविण श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी निर्मलिडाँडा उपशाखाका प्रतिनिधि भोटराज राई लगायतको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !