श्रावण २९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकाले शैक्षिक अवस्थालाई सुधार ल्याई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सामुदायिक विद्यालयहरुको प्रत्यक्ष अनुगमन गरि समग्र शैक्षिक अवस्थाबारे जानकारी लिन सुरु गरेको छ ।
पालिकाभित्रका २८ वटै सामुदायिक विद्यालयहरुमा अनुगमन गरि विद्यालयको समग्र अवस्था, शिक्षक–शिक्षिकाले विषयवस्तु अनुसार पठनपाठन गराए–नगराएको, विद्यालयमा नियमित उपस्थित हुने गरेको या नगरेको, विद्यार्थीहरु नियमित विद्यालयमा उपस्थित भए नभएको, विद्यालयको प्रशासनिक तथा व्यवस्थापकीय पक्ष ठीक भए नभएको, विद्यालयमा सरसफाईको कार्यलाई निरन्तरता दिए नदिएको लगायतका विविध विषयलाई प्राथमिकतामा राखि अनुगमन सुरु गरिएको हो ।
गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक रवि प्रकाश राईको संयोजकत्वमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राई, शिक्षा शाखा प्रमुख कविराज राई लगायतको टोलीले सोमबार बालबालिका माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयमा अनुगमन गरि शैक्षिक अवस्थालाई सुधार गरि गुणस्तरीय शिक्षा प्रदानका लागि शिक्षक तथा विद्यार्थीलाई सुझाव प्रदान गर्नुभएको छ ।
साकेला गाउँपालिकाको समग्र शैक्षिक अवस्था पहिलाको तुलनामा दिनप्रतिदिन सुधार हुँदै गएको र अझ राम्रो नतिजा ल्याई उत्कृष्ट शिक्षा प्रदान गर्न सहयोग पुर्याउने उद्देश्यका साथ अनुगमनको माध्यमद्वारा हरेक विद्यालय पुगेर गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सुझाव दिन सुरु गरिएको गाउँपालिका अध्यक्ष राईको भनाई छ ।
शिक्षकहरु विद्यालय समयमै पुग्ने नगरेको, विषयवस्तुप्रति गम्भिर भएर पठनपाठन नगराएको, विद्यालयमा सरसफाई नगरेको, राजनैतिक गुठवन्दीमा सक्रिय हुने गरेको लगायतका विभिन्न प्रकारका गुनासो आउन थालेपछि विद्यालयहरुमा छड्के अनुगमन सुरु गरिएको अध्यक्ष राईले बताउनुभयो ।
‘हामी जुनसुकै बेला जुनसुकै विद्यालयको अनुगमनमा निस्कन्छौं, अनुगमनको क्रममा कमिकमजोरी भेटिएमा सोही बमोजिम कारवाही गर्छौं ।’–अध्यक्ष राईले भन्नुभयो–‘साकेला गाउँपालिकाको शैक्षिक अवस्थालाई सुधार ल्याई नतिजा राम्रो बनाउने प्रयत्नमा हामी निरन्तर लागि रहनेछौं । राम्रोलाई पुरस्कार र नराम्रो गर्नेलाई सजाय गाउँपालिकाले दिनेछ । तसर्थ भविष्यप्रति गम्भिर भएर शिक्षण सिकाई प्रकृयामा लाग्न हाम्रो सुझाव छ ।’
अनुगमनको क्रममा शैक्षिक कार्यमा नयाँ विधि प्रयोग गर्न, अंग्रेजी शिक्षण गर्दा अंग्रेजी भाषाको माध्यमबाट शिक्षण गर्न, मूल्याङ्कनदेखि नतिजासम्म पारदर्शिता कायम गर्न, कक्षा शिक्षणमा समयसम्म रहेर शिक्षण गर्न, शिक्षकहरुले नेपाल सरकारले निर्धारण गरेको पोषाक नियमित लगाउन, कक्षाकोठा व्यवस्थापन प्रभावकारी तवरले गर्न, विद्यालयमा राजनैतिक गतिविधि र क्रियाकलाप बन्द गर्न, विद्यार्थिका लागि टाई, बेल्ट र परिचयपत्र अनिवार्य गर्न, विषयवस्तु अनुसार मिल्दोजुल्दो शैक्षक समाग्रिको प्रयोग गर्न, विद्यालय र कक्षाकोठा तथा वरिपरिको वातावरण सफा राख्ने लगायतका सुझाव दिईएको छ ।
यसैबीच साकेला गाउँपालिकाको तर्फबाट उपलब्ध गराईएको विज्ञान प्रयोगशालामा आवश्यक पर्ने समाग्री बालबालिका माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा छनौटमा पर्न सफल बालबालिका माध्यमिक विद्यालयलाई ६ लाख ५० हजार रुपैंया बराबरको विज्ञान प्रयोगशाला सम्बन्धि समाग्री सोमबार गाउँपालिका प्रमुख रवि प्रकाश राईले सो विद्यालयका प्रधानाध्यापक हरिकुमार राईलाई सोही विद्यालयमा पुगेर हस्तान्तरण गर्नुभएको हो ।
विद्यालयमा प्रयोगशाला नहुँदा विद्यार्थीका लागि आवश्यक पर्ने प्रयोगात्मक कक्षा सञ्चालन गर्न निकै समस्या हुँदै आएको थियो । हाल विद्यालयको कक्षा कोठामा अलग्गै रुपमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीले प्रयोगात्मक कार्य सहजरुपमा सिक्न पाउने भएको विद्यालयले जनाएको छ ।
विध्यालय अनुगमनका केही झलक
[ यो पनि-साकेलाका तीन सामुदायिक विद्यालयलाई स्मार्ट टिभी प्रदान ]
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !