चैत्र ०१, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाको ३७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका सभापति ज्ञानेन्द्र जोशीको सभापतित्व तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा बुधवार ३७ औँ साधारण सभा सम्पन्न भएको रेडक्रस शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले बताउनु भयो ।
२०२८ सालमा स्थापना भएको नेपाल रेडक्रस जिल्ला शाखा खोटाङले जिल्लामा प्राकृतिक प्रकोप, आगजनी या कुनै मानवीय जोखिम परेको अवस्थामा रेडक्रसको शिद्धान्तमा रहेर मानवीय सहयोग पुराउदै आइरहेको छ । यस शाखामा हालसम्म यशस्कर सदस्य ९ जना, विशिष्ट सदस्य ७ जना, आजीवन सदस्य १ हजार ९ सय १६, जुनियर युवा रेडक्रस सदस्य २ हजार ७ सय ५६ जना रहेको मन्त्री बजिमयले बताउनुभयो ।
यस्तै, उपशाखा २४ वटा, उपसमिति ७ वटा, जुनियर युवा रेडक्रस सर्कल १२ वटा रहेको मन्त्री बजिमयले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ–‘रेडक्रसले केन्द्रीयता, जाति, धार्मिक विश्वास, वर्ग र राजनीतिक विचारधाराको आधारमा कुनै भेदभाव गर्दैन । यसले विपत्तिको अवस्थामा मानवलाई सहयोग पुर्याउँदा उनीहरूको आवश्यकतालाई मात्र ध्यानमा राख्ने गर्छ ।’
यस्तै सभापति ज्ञानेन्द्र जोशीले सबभन्दा बढि विपत्तिमा परेकालाई प्राथमिकता दिइएको र कुनै पनि क्षण राजनीतिक, जातीय, धार्मिक अथवा वैचारिक स्वभावका विवादहरूमा रेडक्रसले कसैको पक्ष नलिएको बताउनु भयो ।
सधारण सभामा जिल्ला शाखा मन्त्री छत्रकुमार बजिमयले वार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष लिलाबहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
वार्षिक सभाको अवसरमा बोल्ने वक्ताहरुले कुनै पनि भेदभावविना सहयोग पु¥याउने उद्देश्य लिएर स्थापना भएको यस संस्थाले मानवीय सेवामा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएकोले यसलाई अझ दुरदराजका समुदायसम्म पहुँच पु¥याउनुपर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, सशस्त्र प्रहरी बल ७ नं. गुल्म हलेसीका प्रहरी नायव उपरिक्षक कृष्णबहादुर बम, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक टिकाराज बराल, नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश सदस्य कुमारसिं बस्नेत, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य, सचिव लेखबहादुर खड्का (बिनोद) लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न भएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।